काठमाडौं । उच्च अदालत पाटनले कोरियन भाषा परीक्षा(ईपीएस) दिन पाउनुपर्ने माग गर्दै आन्दोलन गरिरहेका सबैलाई परीक्षामा सामेल गराउन आदालतले आदेश दिएको छ ।
शुक्रबार उच्च अदालत पाटनका न्यायाधीश चन्द्रमणि ज्ञवालीको एकल इजालसले यससम्बन्धी रिटमा सुनुवाइ गर्दै आवेदन दिन इच्छुक सबैलाई परीक्षामा सामेल गराउन आदेश दिएको हो ।
यसअघि पानी जहाज निर्माणको कामका लागि परीक्षा दिएर अनुत्तिर्ण भएका करिब २८ हजार परीक्षार्थीलाई पनि सामेल गराउन आदेश दिएको हो। ईपीएस कार्यालयले अदालतको आदेश लिएर गएका १८ जनालाई मात्रै आवेदन भर्न दिइएको थियो ।



प्रतिक्रिया