काठमाडौं । काठमाडौमा रहेका राप्रपाका नुवाकोटका नेता कार्यकर्ताले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीविरुद्ध काठमाडौंमा राँकेजुलुसहित प्रदर्शन गरेका छन् ।
शुक्रबार साँझ राप्रपा नेता कार्यकर्ताले सामाखुशी चोकबाट विजीमलसम्म राके जलुससहित प्रदर्शन गरेका हुन् । उनीहरुले सरकार र गणतन्त्रकोविरुद्ध नाराबाजी गर्नुका साथै मन्त्री किरातीको राजीनामासमेत माग गरेका थिए ।
कार्यक्रममा राप्रपा नुवाकोटका केन्द्रीय सदस्य जनकराज पाठक, वसन्ती शाही (कंचनपुर )सुदर्शन सिटौला , नानीमैया आचार्य, जिल्लाका वरिष्ठ उपाध्यक्ष विमल थापा नुवाकोटका क्षेत्रीय अध्यक्ष तेज लामा, दीपेश लामा, युवा नेता नारायण अधिकारी, वसन्त अधिकारी, अक्कल तामाङ, ईश्वर पण्डित, युवा संगठनका जिल्ला अध्यक्ष प्रकाश गुरुङ्ग लगायतका सयौ नेताकार्यकर्ताको उपस्थित रहेको थियो । सामाखुशी चोकबाट सुरु भएको जुलुस गोंगवु पुग्दा प्रहरीले व्यापक धरपकड गरेको थियो ।
प्रहरीसँगको घम्साघम्सीमा युवा नेता राजु लोहनी सक्रिय देखिन्थे । कार्यक्रमको संयोजन राप्रपा नुवाकोटका युवा नेता निवर्तमान युवा संगठनका केन्द्रीय अध्यक्ष फणिराज लोहनी (राजु ) ले गरेका थिए । कार्यक्रमको समापनमा उनले यस्ता कार्यक्रम मन्त्री किरातीले राजीनाम नदिएसम्म लगातार गरिरहने बताए ।

प्रतिक्रिया