काठमाडौं । विश्व हिन्दु परिषद् नेपालले जाजरकोटका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ । जिल्ला अध्यक्ष केशवबहादुर सिंह नेतृत्वको टोलीले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको राजीनामा मागेको हो ।
ज्ञापनपत्रमा मन्त्री किरातीको अभिव्यक्ति हिन्दू धर्म, नेपाल र सनातन संस्कृतिमाथि आघात पुर्याउने भएको हुनाले राजीनामाको माग गरिएको छ ।


प्रतिक्रिया