काठमाडौं । कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले संक्रमणकालीन न्यायसँगसम्बन्धी विषयलाई सहमतिबाट अघि बढाउन उचित हुने बताएका छन्।
शुक्रबार संसदको कानुन न्याय तथा मानवअधिकार समितिको बैठकमा मन्त्री गुरुङले संक्रमणकालीन न्यायसँग सम्बन्धित विषय मुलुकको शान्ति प्रक्रियासँग पनि जोडिएको भन्दै सहमतिबाट अघि बढाउन उचित हुने बताएका हुन्। उनले सहमति गर्ने प्रयास सफल हुन नसके विभिन्न विकल्प खुल्ला रहेको बताए ।
संक्रमणकालीन न्यायसम्बन्धी कानुनलाई अघि बढाउन देखिएको अड्चन फुकाउन शीर्ष तहमा पटकपटक छलफल भएको उनले बताए ।
बेपत्ता पारिएका व्यक्तिको छनबिन,सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन,२०७१ लाई संशोधन गर्न बनेको विधेयकमाथि उपसमितिको प्रतिवेदनसहित छलफलमा मन्त्री गुरुङले सहमति जुट्न बाँकी चार विषयमा छिटै शीर्ष तहमा सहमति जुट्ने विश्वास व्यक्त गरे । त्यस्तै बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा छलफल भएको थियो ।

प्रतिक्रिया