काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न चाडपर्वका नाममा विद्यार्थीलाई फरक–फरक पोसाक किन्न लगाउने विद्यालयहरूलाई कारबाही गर्ने भएको छ ।
शिक्षा अधिकारी सीताराम कोइरालाले शुक्रबार सबै विद्यालयलाई परिपत्र गरी नियमित विद्यालय पोसाकभन्दा फरक–फरक पोसाक किन्न बाध्य पारेमा कारबाही गर्ने चेतावनी दिएका हुन् ।


प्रतिक्रिया