श्रीलंकाका विदेशमन्त्री काठमाडौंमा



काठमाडौं । श्रीलंकाका विदेशमन्त्री मोहम्मद अली साब्री काठमाडौं आइपुगेका छन् । परराष्ट्र नेपाल–श्रीलंका संयुक्त आयोगको बिहीबार र शुक्रबार हुने बैठकमा सहभागी हुन विदेशमन्त्री साब्री बुधबार काठमाडौं आएका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका विदेशमन्त्री साब्रीलाई परराष्ट्र मन्त्रालयका अधिकारीहरूले स्वागत गरेका थिए । बैठकमा लगानी तथा व्यापार, पर्यटनलगायत दुई देशका द्विपक्षीय सहकार्यका विषयमा छलफल हुनेछ। संयुक्त आयोगले नेपाल र श्रीलङ्काबीच व्यापार तथा लगानी, पर्यटन, शिक्षा, रक्षा, संस्कृति, कनेक्टिभिटी र जनसम्पर्कलगायत द्विपक्षीय सहयोगका विभिन्न क्षेत्रमा केन्द्रित रहनेछ ।

यसैगरी संयुक्त आयोगको बैठकपश्चात विज्ञान, प्रविधि र नवप्रवर्तनका क्षेत्रमा सहयोग गर्ने समझदारी पत्रमा पनि हस्ताक्षर हुनेछ । विदेशमन्त्री साब्रीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ सँग शिष्टाचार भेट गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
शैक्षिक पात्रो सुधार गरी कार्यान्वयन गर्ने त्रिविका उपकूलपति बरालको प्रतिबद्धता

  काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा केशरजङ्ग बरालले शैक्षिक पात्रो सुधार

कपिलवस्तुको कोइली खोलाले बगाउँदा एकजनाको मृत्यु

  चन्द्रौटा (कपिलवस्तु) । कपिलवस्तुको वाणगङ्गा नगरपालिका–७ मा कोइली खोलाले बगाउँदा एकको मृत्यु

विकासका नाममा बिगारिँदै पशुपतिको प्राचीन वास्तुकला

पूर्णप्रसाद मिश्र, काठमाडौँ । आराध्यदेव पशुपतिनाथ मन्दिरको पूर्वमा वाग्मती नदी हुनु वास्तुशास्त्रीय मतमा

बत्तिसपुतली हत्या प्रकरण : पक्राउ परेका चार नाबालक

  काठमाडौँ ।  काठमाडौँ महानगरपालिका–९ बत्तिसपुतलीस्थित कुमारी टोलमा गएराति एक जनाको हत्या गरेको