काठमाडौंबाट चोरीका हतियारसहित तीन जना पक्राउ



काठमाडौँ । चोरीका दुई नाल हतियारसहित तीन जनालाई पक्राउ गरिएको छ । प्रहरीले उपत्यकाका विभिन्न स्थानबाट घरेलु हतियारसहित चोरीमा संलग्न सुनसरी बराह नगरपालिका–३ निवासी ३६ वर्षका दिलीप माझी, काठमाडौ महानगरपालिका वडा नम्बर–१३ निवासी २१ वर्षीय कुशल मल्लिक र काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका–३ का २७ वर्षीया काजलकुमारी भुजेललाई बिहीबार पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट दुई नाले बन्दुक एक थान, २२ बोरको राइफल एक थान, खुँडा दुई थान, खुकुरी छ थान, हँसिया एक थान, फलामको चुप्पी एक थान, बञ्चरो एक थान र मोटरसाइकलको सक दुई थान बरामद गरेको छ ।

प्रहरीले पक्राउ परेको व्यक्तिलाई डाँका चोरी तथा हातहतियार खरखजनासम्बन्धी कसुर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी प्रहरी वृत्त कालिमाटीबाट अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिए ।
यही मङ्सिर १६ गते कामपा–१३ ताहचल बस्ने ७४ वर्षीय पुष्प जोशीको घरबाट इजाजत पत्रसहितको दुई नाले ४१० बोरको टोटावाल बन्दुक एक थान र २२ बोरको राइफल अज्ञात समूहले चोरी गरी लगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मकवानपुरमा भीरबाट कार खस्दा तीनजना गम्भीर घाइते

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर १२ चौतारास्थित कान्तिलोकपथ सडकखण्डमा शनिबार बिहान

दुर्घटनामा पत्रकार रोहिताको मृत्यु

  महेन्द्रनगर (धनुषा) ।  जनकपुरधाममा कारले मोटरसाइकललाई ठक्कर दिँदा पत्रकार शिवेन्द्र रोहिताको मृत्यु

नेपाल प्रहरीका चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस

काठमाडौँ । नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायब महानिरीक्षक (डिआइजी)मा

अन्तर्राष्ट्रिय मञ्चमा आफ्ना मेयरलाई यसरी शानसँग उभिएको हेरेर खुसी बनौं !

नारायण गाउँले । चुनावमा उठ्नुअघि धेरैले बालेन साहलाई चिनेका थिएनन् ! उठे नै