सुत्केरीको मृत्युपछि आम्दा अस्पतालका मेडिकल सुपेरिटेन्डेन्टमाथि आक्रमण



बुटवल । बुटवलस्थित सिद्धार्थ बाल तथा महिला अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट राजेन्द्र बस्यालमाथी सांघातिक आक्रमण भएको छ । अस्पतालमा उपचाररत बिरामीको मृत्यु भएपछि उत्पन्न तनाव समाधन गर्न वार्ता भइरहेका बला बस्यालमाथि आक्रमण भएको हो ।

मृतकका आफन्तको आक्रमणबाट गम्भीर घाइते भएका डा बस्यालको अवस्था गम्भीर भएपछि गएराति लुम्विनी प्रादेशिक अस्पतालको सघन उपचार कक्ष (आईसियु)मा उपचार भइरहेको छ ।

गुल्मीको सत्यवती गाउपालिका ठुलो लुम्पेक घर भई भैरहवामा बस्दै आएकी ३२ वर्षीया भवानी रास्कोटीको मंसिर ११ गते शल्यक्रिया गरी ५ किलो तौलको बच्चा जन्मेको र मंसिर १२ गते सुत्केरी महिलाको मृत्यु भएपछि अस्पतालमा तनाव उत्पन्न भएको थियो ।

सुत्केरीको मृत्यु भएपछि उत्पन्न तनाव समाधानमा क्रममा बिरामीका आफन्तले डा. बस्यालमाथि आक्रमण गरि गम्भी घाइने बनाएको अस्पताल प्रशासनले जनाएको छ । मृतकका आफन्तले मृत्युको विषयमा छानविन गर्ने भन्दा पनि सुरुदेखि नै ५० लाख रुपैया क्षतिपूर्ति रकम मागेपछि स्थिति असहज बन्दै गएको अस्पताल बताएको छ ।

मृतकका आफन्तले अस्पतालको प्रशासनिक भवनका झ्याल ढोका लगायतका फर्निचरहरु तोडफाड गरेका छन् । प्रहरीले घटनामा सम्लग्न ४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उपत्यकासहित ठाउँठाउँमा वर्षा

काठमाडौँ । काठमाडौं उपत्यकासहित अहिले देशका विभिन्न क्षेत्रमा वर्षा भइरहेको छ । हाल गण्डकी

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन-संवादः विपिन जोशीको रिहाइका लागि आग्रह

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सइद हुुसैन खालिलसँग

प्रधानमन्त्री ओलीविरुद्धको मुद्दामा मागदाबी नपुग्ने फैसला

काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध परेको अदालतको अवहेलनासम्बन्धी मुद्दामा मागदाबी

३२ क्याम्पसका स्ववियु सभापतिमा अनेरास्ववियुका उम्मेदवार सर्वसम्मत

  काठमाडौँ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा एक आङ्गिक क्याम्पससहित ३२ वटा