विमान अवतरण गर्न लाग्दा चन्द्रगढी विमानस्थलको धावनमार्गमा स्याल देखिएपछि…



झापा । झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थलको धावनमार्गमा स्याल देखिएपछि बुद्ध एयरको जहाजले ओभरसुट गर्नु परेको छ । काठमाडौंबाट उडेको बुद्ध एयरको जहाज सोमबार साँझ ६ बजेर ५० मिनेटमा भद्रपुर आइपुगेको थियो ।

जहाज विमानस्थलमा अवतरण गर्न लाग्दा धावनमार्गमा स्याल देखिएसँगै टावरले जहाजलाई अवतरण नगर्न अनुरोध गरेको विमानस्थलका प्रमुख इन्दुराम अधिकारीले जानकारी दिएका छन् ।

विमानस्थलका कर्मचारीले तत्काल साइन जडित साधन लिएर स्याललाई धावनमार्गबाट खेदाएका थिए। त्यसपछि ओभरसुट भएको जहाजले आकाशमा एक फन्को लगाएर ७ बजेर ५ मिनेटमा सुरक्षित अवतरण गरेको थियो ।

ओभरसुटका कारण जहाज १५ मिनेट ढिला अवतरण भएको बताइएको छ । सो जहाज पछि ७ बजेर ३८ मिनेटमा यात्रु बोकेर काठमाडौँका लागि उडेको थियो । यो विमानस्थलमा अवतरण गर्न लागेका जहाजहरूसँग रनवेमा चराचुरुंगीसँग ठोक्किएका घटनाहरू घटिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्र निर्माणमा महत्वपूर्ण योगदान गर्ने ७४ इञ्जिनियर सम्मानित

काठमाडौँ । राष्ट्र निर्माणमा महत्वपूर्ण योगदान गर्ने इञ्जिनियरलाई सम्मान गरिएको छ । नयाँ

सामुदायिक वनहरूमा निरन्तर आगलागी भएपछि बझाङको अधिकांश भूभाग अँध्यारो

चैनपुर। बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा निरन्तर आगलागी भएपछि आज वायु प्रदूषणले जिल्लाको

सिधाकुराको अडियोसम्बन्धी मुद्दा हेर्दाहेर्दैमा, आइतबार सुनुवाइ

काठमाडौँ । सर्वोच्च अदालतले सिधाकुरा डटकम अनलाइनले प्रकाशन तथा प्रसारण गरेको अडियोसम्बन्धी मुद्दा

भैंसेपाटीस्थित सीजी फुड्स पार्कमा आक्रमण

काठमाडौं । चौधरी ग्रुपद्वारा सञ्चालित सीजी फुड्स पार्क भैंसेपाटीमा एक समूहले आक्रमण गरेको