टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध काठमाडौंमा प्रदर्शन
काठमाडौं । सरकारको टिकटकलाई प्रतिबन्ध लगाउने निर्णयविरुद्ध टिकटक प्रयोगकर्ताहरु आन्दोलिन बनेका छन् । हन्ड्रेड ग्रुप र दलितका लागि दलित आवाजको आयोजनामा युवाहरूले टिकटक बन्द गर्ने निर्णयविरुद्ध सोमबार काठमाडौंमा विरोध र्याली निकालेका हुन् ।
माइतीघरदेखि सुरु भएको विरोध र्याली नयाँबानेश्वरमा गएको टुंगिएको थियो । प्रदर्शनमा सहभागीहरूले ’युवाजति खाडीमा, नेताहरू गाडीमा’ जस्ता नारा लगाएका थिए ।
उनीहरुले हात दुख्यो भन्दैमा हात काटेर फाल्ने हैन त्यसको उपचार गर्नुपर्ने भन्दै टिकटक वा अन्य सामाजिक सञ्जालहरुलाई प्रतिबन्ध नभई नियम बनाएर त्यसअनुसार नेपालमा चल्ने वातावरण बनाउनुपर्ने पनि बताएका छन् ।