सरकारको निर्णय कार्यान्वयन गर्न टिकटकलाई प्राधिकरणको पत्र



काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले सामाजिक सञ्जाल टिकटकलाई पत्र लेख्दै नेपाल सरकारको निर्णय अनुसार टिकटकलाई नेपालभित्र नचल्ने बनाएर सहयोग गर्न आग्रह गरेको छ ।

प्राधिकरणले टिकटकलाई पत्र लेख्दै मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनका लागि सघाउन आग्रह गरेको हो । प्राधिकरणको पत्रमा भनिएको छ, ‘नेपाल सरकारले नेपाल दूरसञ्चार प्राधिकरणलाई टिकटकको प्लेटफर्ममाथिको पहुँचलाई नेपालमा रोक लगाउन निर्देशन दिएको छ। त्यही भएर हामी तपाईँलाई सरकारको निर्णय कार्यान्वयन गर्न सघाउन अनुरोध गर्छौँ र हामी अझै पनि तपाईँलाई टिकटकलाई नेपालभित्र ब्लक गर्न सघाउन अनुरोध गर्छौँ।’

त्यस्तै प्राधिकरणले नेपाल सरकारले प्रतिबन्ध लगाउनेबारे निर्णय गरेका हुनाले सरकारसँगै समन्वय गर्न टिकटकलाई आग्रह गरेको छ । टिकटकले सामाजिक वातावरणमा नकारात्मक प्रभाव पारिरहेको र सामाजिक सद्भावमा क्षति पुर्याइरहेको निष्कर्ष निकाल्दै सरकारले नेपालभित्र टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको प्राधिकरणको पत्रमा उल्लेख छ ।

यसअघि टिकटकले नेपालमा लगाइएको प्रतिबन्धप्रति चिन्ता व्यक्त गर्दै प्राधिकरणलाई पत्र लेखेको थियो । नेपालको मन्त्रिपरिषद्ले गरेको उक्त निर्णय अभिव्यक्ति स्वतन्त्रताको मर्म विपरीत रहेको भन्दै टिकटकले सात बुँदामा नेपालमा आफ्नो प्लेटफर्मका कामहरूलाई राम्रोसँग अघि बढाउन गरेको प्रयासबारे जानकारी गराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
किन छुटे अफताब ?

-सुवोधराज प्याकुरेल । उनको बिगत फर्केर हेर्दा प्रधानन्यायाधीश सुशिला कार्कीले लिएको ऐतिहासिक निर्णयले

भोजपुरमा जलाधार संरक्षण गर्न ‘एक वडा, एक सार्वजनिक पोखरी’ कार्यक्रम

भोजपुर। जलाधार क्षेत्रको सरक्षण गर्ने लक्ष्यले यहाँको हतुवागढी गाउँपालिकाले ‘एक वडा एक सार्वजनिक

यसरी मनाइयो टुँडिखेलमा गणतन्त्र दिवस(फोटोफिचर)

काठमाडौँ । १८औँ गणतन्त्र दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको

राइड सेयरिङ नियमावली खारेज नगरे गण्डकीमा यातायात बन्द गर्ने व्यवसायीको चेतावनी

गण्डकी । गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’ कम्पनीलाई वैधानिकता दिएपछि यातायात व्यवसायीले त्यसको