टिकटक बन्द गर्ने निर्णयविरुद्धको रिटमा सोमबारलाई तोकियो पेशी



काठमाडौं । टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वाेच्च अदालतमा परेका रिटमाथि सोमबार सुनुवाइ हुने भएको छ । टिकटक बन्द विरुद्ध शुक्रबार आधा दर्जन भन्दाबढी रिट परेका छन् । दर्ता भएका रिटमा सोमबार पहिले पेशी तोकिएको वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले जानकारी दिएका छन् ।

टिकटक बन्द गर्ने निर्णय विद्युतीय कारोबार ऐन २०६३ र दूरसञ्चार ऐन २०५३ विपरीत रहेको समेत रिटमा दाबी गरिएको छ । टिकटक बन्द गर्ने निर्णय बदर गर्न अन्तरिम आदेशको मागदाबी रिटमा गरिएको छ । यस्तै, सामाजिक सञ्जालको नियमन गर्ने सम्बन्धमा दूरसञ्चार तथा प्रविधि क्षेत्रका विज्ञहरु सम्मेलित कार्यदल गठन गर्ने आदेश पनि रिटमा माग गरिएको छ ।

सामाजिक सद्भाव विथोलेको भन्दै सरकारले टिकटक बन्द गर्ने निर्णय गरेको थियो । त्यसलगत्तै प्राधिकरणले नेपालका इन्टरनेट सेवाप्रदायकहरूलाई टिकटक नचल्ने बनाउन निर्देशन दिएको थियो । सोही निर्देशन अनुसार अहिले नेपालमा टिकटक नचल्ने भएको छ । तर सामाजिक सञ्जालमा भने सरकारको निर्णयको विरोध भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डा. गोविन्द केसीको अनसन स्थगित

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा लगायत माग राखेर अनसन सुरु गरेका

कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगित

काठमाडौँ । सहकारी ठगीमा संसदीय छानबिन समिति गठनको माग गर्दै नेपाली कांग्रेसले राष्ट्रियसभा

करिव आठ करोड रुपैयाँ बराबरको कोकिनसहित काठमाडौंबाट तीनजना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले अवैध लागुऔषध कोकिनको कारोबारमा संलग्न अन्तर्राष्ट्रिय