राष्ट्रसङ्घले मालीमा तैनाथ शान्ति मिसन बन्द गर्ने भएपछि नेपाली शान्ति सेना स्वदेश फिर्ता



 

काठमाडौँ ।  संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनार्थ मालीमा तैनाथ नेपाली शान्ति सेनाको नवौँ डफ्फा स्वदेश फर्केको छ ।

डफ्फामा ८१ जना नेपाली शान्ति सैनिक रहेको नेपाली सेना सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । प्रमुख सेनानी चित्रकुमार कार्कीको नेतृत्वमा हातहतियार तथा बन्दोबस्तीका सामग्रीसहित संयुक्त राष्ट्रसङ्घको चार्टर्ड विमानद्वारा आज ८१ जनाको डफ्फा स्वदेश फिर्ता भएको हो ।

मालीमा तैनाथ शान्ति मिसन बन्द गर्ने संयुक्त राष्ट्रसङ्घको निर्णयअनुरुप नेपाली सेनाको टोलीमा रहेका एक सय ५६ जना एवं स्टाफ तथा पर्यवेक्षक नियुक्तिमा कार्यरतसमेत एक सय ६८ जना सकल दर्जा स्वदेश फिर्ता हुने क्रममा पहिलो टोली बिहीबार नेपाल आइपुगेको हो ।

नेपाल संयुक्त राष्ट्रसङ्घको शान्ति स्थापनाका लागि विश्वभर तैनाथ मिसनममा फौज उपलब्ध गराउने सदस्य राष्ट्रको दोस्रो वरियतामा रहेको छ । हाल नेपालबाट पाँच सय ८२ महिला शान्ति सैनिकका रुपमा खटिएका छन् । जुन महिलातर्फ शान्ति सेनामा सबैभन्दा ठूलो सहभागिता भएको निर्देशनालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाल्पाको जङ्गलमा डढेलो

पाल्पा ।पाल्पा  जिल्लाको रिब्दीकोट गाउँपालिका– १ ख्याहा मधुवन सामुदायिक वन र वडा नंं

जसपा नेपालले सरकारलाई दिएको समर्थन कायमै राख्ने

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा), नेपालले सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय

लुम्बिनीमा पाँच सय जनाको प्रबज्या कार्यक्रम सुरु

लुम्बिनी । बुद्धजन्मस्थल लुम्बिनीमा पाँच सय जनाको श्रामणेर (अल्पकालीन भिक्षु) प्रबज्या कार्यक्रम आजबाट

नेमकिपाको अध्यक्षमा नारायणमान विजुक्छे चयन

काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को अध्यक्षमा नारायणमान विजुक्छे सर्वसम्मत चयन