चिकित्सा शिक्षा ऐन छिट्टै संशोधन गरिने



 

धुलिखेल । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले चिकित्सा शिक्षा ऐन छिट्टै संशोधन गरिने बताएका छन् । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० चण्डेनीमण्डन स्वास्थ्यचौकी भवनको उद्घाटज गर्दै उनले आफ्नै मुलुकमा चिकित्सक र नर्स बन्न धेरै रकम तिरेर विदेश जान नपर्ने अवस्था सिर्जना गरिने  बताएका हुन् ।

“वर्र्षैँदेखि रोकिएको काम अब सुरु गर्छौं”, मन्त्री बस्नेतले भने, “पढाइसँगै रोजगारीको व्यवस्था पनि यहीँ गर्छौं ।” एकातिर गाउँमा महिला स्वास्थ्य स्वयंसेविका सधैँभरि स्वयंसेवी भएर बस्नुपरेको र अर्कोतिर लाखौँ रुपैयाँ खर्च गरेर पढेका चिकित्सक र नर्स विदेश पलायन भइरहेको अवस्थामा सरकारले त्यसलाई व्यवस्थित गर्ने उनले बताए । वर्तमान अवस्थामा मुलुकमा ४८ हजार नर्स र पाँच हजार चिकित्सक आवश्यक रहेको मन्त्री बस्नेतको भनाइ थियो ।

“हालसम्म ३१ हजार नर्स र झण्डै एक हजार मात्र चिकित्सकको दरबन्दी रहेको छ”, उनले भने । सो अवसरमा मन्त्री बस्नेतले स्वास्थ्यचौकीका लागि आवश्यक पर्ने उपकरण दुई महिनाभित्रमा उपलब्ध गराउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उपत्यकासहित ठाउँठाउँमा वर्षा

काठमाडौँ । काठमाडौं उपत्यकासहित अहिले देशका विभिन्न क्षेत्रमा वर्षा भइरहेको छ । हाल गण्डकी

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन-संवादः विपिन जोशीको रिहाइका लागि आग्रह

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सइद हुुसैन खालिलसँग

प्रधानमन्त्री ओलीविरुद्धको मुद्दामा मागदाबी नपुग्ने फैसला

काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध परेको अदालतको अवहेलनासम्बन्धी मुद्दामा मागदाबी

३२ क्याम्पसका स्ववियु सभापतिमा अनेरास्ववियुका उम्मेदवार सर्वसम्मत

  काठमाडौँ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा एक आङ्गिक क्याम्पससहित ३२ वटा