तिहार लगत्तै प्रत्येक भूकम्प पीडित परिवारको हातमा रकम पुग्ने गरी संयन्त्र बनाएर काम गर्नुपर्छ



गगन थापा ।

भूकम्प प्रभावित क्षेत्रमा पानी पर्‍यो, जाडो बढिरहेछ। नयाँ घर नबन्दा सम्म कम्तीमा जाडो र बर्खा थेग्ने गरी अस्थायी घर बनाउन जरुरी छ।
हामीले दुई नमुना अस्थायी घर (टहरा) बनाउँदै गर्दाको अनुभवका आधारमा कम्तीमा दुई दक्ष र दुई अर्धदक्ष सहित ११ जनाको समूह हुँदा एक दिनमा एउटा टहरा बनाउन सकिने रहेछ। यो विषयमा हामीले प्रधानमन्त्री ज्युलाई भेटेका थियौँ। आज सरकारले अस्थायी आवास बनाउन प्रत्येक परिवार ५० हजार दिने सरकारले सही निर्णय गरेको छ। अब निर्णयमा मात्र नअड्की सरकारले अरू काम गर्नुपर्छ।
तत्काल तिहार लगत्तै प्रत्येक पीडित परिवारको हातमा रकम पुग्ने गरी संयन्त्र बनाएर काम गर्नुपर्छ।

घर बनाउन चाहिने जस्तापाता जस्ता सामानहरू बजार बाट लिनुपर्ने हुनाले बजारमा जस्ताको सहज उपलब्धता सुनिश्चित गर्नुपर्छ।
सबैभन्दा महत्त्वपूर्ण, एकैसाथ धेरै संरचना बनाउनुपर्ने हुनाले जनशक्ति पर्याप्त छैन। त्यसको लागी दक्ष र अर्धदक्ष जनशक्ति त्यहाँ पुग्ने र काम गर्ने गरी उचित व्यवस्थापनमा ध्यान दिनुपर्छ।

यहीँ उद्देश्य सहित मङ्सिरको पहिलो साता नै नेपाली कांग्रेसले १००० घर बनाउन चाहिने जनशक्ति श्रमदानको लागि भूकम्प प्रभावित क्षेत्रमा पठाउने छौँ। आज सरकारले पैसा दिने निर्णय गरेको छ, अब पैसा समयमा नै पीडित परिवारको हातमा पुग्ने देखि बाँकी काममा हाम्रो साथ, सहयोग र खबरदारी रहनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लाभग्राहीको यकिन विवरण नहुँदा काभ्रेका बाढी पीडितले पाएनन् राहत

काभ्रे । ठीक पाँच महिनाअघिको बाढीपहिरोले काभ्रेपलाञ्चोकमा ठूलो जनधनको क्षति पुर्‍यायो। बाढीपहिरोमा परी

नागरिक उड्डयन प्राधिकरण टुक्रयाउनेसम्बन्धी दुई विधेयक संसदमा प्रस्तुत

काठमाडौँ ।  प्रतिनिधिसभाको मंगलबारको बैठकमा नेपाल नागरिक उड्डयन प्राधिकरण टुक्रयाउनेसम्बन्धी दुई वटा विधेयक

आगामी चुनावमा गठबन्धन राजनीतिको भूल दोहोर्याउँदैनौंः अध्यक्ष प्रचण्ड

विराटनगर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्र जनताको

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

  काठमाडौँ । सरकारले मनसुनजन्य विपद्मा परी बेपत्ता भएका व्यक्तिका परिवारलाई मृतक सरह