एकीकृत समाजवादीद्वारा भूकम्प पीडितका लागि प्रधानमन्त्रीलाई २५ लाखको चेक हस्तान्तरण


काठमाडौं । नेकपा एकीकृत समाजवादीले जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट पीडितहरूको सहयोगका लागि २५ लाख रुपैयाँ सरकारलाई हस्तान्तरण गरेको छ ।

मंगलबार बिहान अध्यक्ष माधवकुमार नेपालसहितका एकीकृत समाजवादीका नेताले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई २५ लाखको चेक हस्तान्तरण गरेका हुन्।