गैरआवासीय नेपाली संघद्वारा भूकम्प पीडितका लागि १० लाख सहयोग



काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार राति गएको भूकम्पबाट प्रभावितलाई राहतका लागि तत्काल १० लाख रुपैयाँ दिने भएको छ ।

संघको अन्तर्राष्ट्रिय समन्वय परिषदमार्फत् यो रकम सरकारको राहत कोषमा उपलब्ध गराइने अध्यक्ष डा. बद्री केसी तथा महासचिव गौरीराज जोशीले विज्ञप्तिमार्फत् जानकारी दिएका हुन् ।

यस कठिन घडीमा गैरआवासीय नेपाली संघ भूकम्प प्रभावित क्षेत्रमा उद्दार, राहत र पुननिर्माणमा सदाझैँ गैरआवासीय नेपाली संघ सरकारसँग सहकार्य गर्न तत्पर रहेको जानकारी गराउँदै संघले पहिलो चरणमा सरकारको राहत कोषमा तत्काल १० लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको हो ।

साथै, भूकम्प प्रभावित क्षेत्रमा प्रभावकारी उद्धार तथा राहतका लागि आर्थिक सहयोग संकलन तथा अन्य आवश्यक कार्यमा यथाशक्य छिटो जुटाउन सबै राष्ट्रिय समन्वय परिषद्हरु तथा विदेशमा रहेका गैरआवासीय नेपालीहरुलाई आग्रह पनि संघले गरेको छ । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प जाँदा शुक्रबार राति ठूलो जनधनको क्षति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दैलेखको छामघाट खोलामा डुबेर दुई किशोरीको मृत्यु

कर्णाली । दैलेख महावु गाउँपालिका–३ स्थित छामघाट खोलामा दुबेर दुई किशोरीको मृत्यु भएको

२० करोडको लगानीमा धनकुटाको भेडेटारमा स्काइ टावर संचालन

  धनकुटा । धनकुटाको भेडेटारमा स्काइ टावर सञ्चालनमा ल्याइएको छ । बन्डर्स अम्युजमेन्ट

कीर्तिपुरका मेयरको निधनमा आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा

काठमाडौँ । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक

पालेर्मो प्रोटोकलको घरेलुकरणमा सांसदहरुको जोड

काठमाडौं । मनोरञ्जन तथा सत्कार सेवामा कार्यरत श्रमिकहरुले अझै पनि आफ्नो पहिचान समाजलाई