केही जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित ४० उपसचिवको सरुवा
काठमाडौं । गृह मन्त्रालयले मातहतका ४० उपसचिवको सरुवा गरेको छ । मन्त्रालयले मापदण्डअनुसार अवधि पुगेका र सरुवा मागेकामध्ये माताहतका ४० जना अधिकारीहरूको सरुवा तथा पदस्थापन गरेको हो । जसमा केही प्रमुख जिल्ला अधिकारी र अन्य कार्यालयहरूमा उनीहरूको जिम्मेवारी तोकिएको हो।