प्रधानाध्यापक सर्राफको हत्यामा संलग्न भएको आशंकामा एक महिला पक्राउ



वीरगंज । बाराको कलैयामा सोमबार गोली प्रहार गरी शिक्षकको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । कलैया उपमहानगरपालिका–६ मदरशा टोलस्थित बाल एकता इंग्लिश बोर्डिङ स्कुलका प्रधानाध्यापक गुड्डु भनिने रुपेश सर्राफको सोमबार दिउँसो अज्ञात समूहले गोली हानी हत्या गरेको थियो ।

सर्राफको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले साँझ कलैया उपमहानगरपालिका–१ बाट एक महिलालाई पक्राउ गरेका हो । उनको प्रहरीले परिचय खुलाएको छैन ।

स्कुलबाट मोटरसाइकलमा घरतर्फ जाँदै गरेका प्रधानाध्यापक सर्राफमाथि भारतीय नम्बर प्लेटका दुईवटा मोटरसाइकलमा आएका चार जना व्यक्तिले गोली हानेर फरार भएका थिए ।

उनको छाती र पेटमा गोली लागेको थियो । गोली लागेर घाइते भएका उनलाई स्थानीयले उद्धार गरी कलैयास्थित प्रादेशिक अस्पतालमा पुर्याएका थिए । त्यहाँ उनलाई प्राथमिक उपचार गरी वीरगन्जस्थित नारायणी बयोधा मेडिसटी हस्पिटलमा लगिएको थियो । त्यहीँ उपचारका क्रममा सर्राफको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दशैं बिदामा पनि प्रेस काउन्सिलले मिडियाको नियमन गर्ने

काठमाडौं । प्रेस काउन्सिल नेपालले दशैंको बिदामा समेत मिडियाको नियमनलाई निरन्तर दिने भएको

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई सरकारको १५ बुँदे स्पष्टीकरण

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई १५ बुँदे स्पष्टीकरण

गण्डकीमा डेङ्गुबाट सातजनाको मृत्यु

गण्डकी । डेङ्गु सङ्क्रमणबाट गण्डकी प्रदेशमा हालसम्म तीन पुरुष र चार महिला गरी