निगमले जहाज खरिद गर्दा लिएको ऋणको ५३ करोड तिर्‍यो



काठमाडौं । नेपाल वायुसेवा निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई जहाज खरिद गर्दा लिएको ऋणको त्रैमासिक किस्ता तिरेको छ ।

यो आर्थिक वर्षको पहिलो त्रैमासिक किस्ताबापत ५३ करोड ९ लाख ५५ हजार रुपैयाँ मंगलबार तिरेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए। निगमले दुई वटा न्यारोबडी जहाजको त्रैमासिक किस्ता पूरै र दुई वाइडबडी जहाजको आंशिक किस्ता तिरेको हो ।

निगमले जहाज किन्दा लिएको ऋणको किस्ताबापत गत आर्थिक वर्ष ३ अर्ब ७७ करोड ३८ लाख २१ हजार रुपैयाँ भुक्तानी गरेको थियो । ७ वर्षअघि लिएको ऋणको किस्ता चुक्ता गर्न नसकेको निगम आन्तरिक उडानका लागि थप ३ वटा जहाज खरिद गर्नतिर लागेको छ। निगमले ३ वटा साना जहाज आफ्नै स्रोतबाट किन्न लागेको बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चक्रपथमा मनै लोभ्याउने जाकाराण्डा फूल

ललितपुर । ललितपुर महानगरपालिका–१४ महालक्ष्मीस्थानस्थित चक्रपथ छेउमा फुलेको बैजनी रङ्गको जाकाराण्डा फूलले त्यहाँ

प्रधानमन्त्रीद्वारा सुनकोशी–मरिण डाइभर्सनको सुरुङ ‘ब्रेक थ्रु’

  कमलामाई (सिन्धुली) । सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङको ‘ब्रेक थ्रु’ भएको छ

सुहाङ नेम्वाङले लिए सांसद पदको शपथ

  काठमाडौँ । प्रतिनिधिसभाका नवनिर्वाचित सदस्य सुहाङ नेम्वाङले बुधबार पद तथा गोपनीयताको शपथ

पश्चिम नवलपरासीमा चट्याङ लागेर महिलाको मृत्यु

नवलपरासी (बर्दघाट सुस्तापश्चिम) । पश्चिम नवलपरासीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ