नेपाल टेलिकमको चाडपर्व अफर



काठमाडौं । नेपालीहरूको महान चाड दशै, तिहार र छठ लगायतका विभिन्न पर्वहरूको अवसरमा नेपाल टेलिकमले चाडपर्व अफर उपलब्ध गराउने भएको छ। यसअन्तर्गत कम्पनीका ग्राहकका लागि नेपाल टेलिकमले सहुलियत दरका डेटा र भ्वाइससहितको प्याकका साथै ‘रिचार्ज अन बोनस’ उपलब्ध गराउने छ। दशैंका लागि असोज २८ देखि सुरु भई आगामी कात्तिक १० गतेसम्म उपलब्ध हुनेछ।

अफरअन्तर्गत ४९ रूपैयाँमा एक दिन प्रयोग गर्न सकिने एक एमबिपिएस अनलिमिटेड डेटाका साथमा नेपाल टेलिकमकै नेटवर्कमा प्रयोग गर्न सकिने सय मिनेट भोइस कल सुविधासहितको प्याकेज उपलब्ध हुनेछ।

त्यसैगरी ९८ रूपैयाँमा तीन दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डेटा प्याक उपलब्ध हुनेछ भने एक सय ९९ रूपैयाँमा सात दिनसम्म प्रयोग गर्न सकिने १३ जीबी डेटा प्याक, दुई सय ९४ रूपैयाँमा १० दिनसम्म प्रयोग गर्न सकिने २० जीबी डेटा प्याक र तीन सय ९९ रूपैयाँमा १५ दिनसम्म प्रयोग गर्न सकिने ३० जीबी डेटा प्याक उपलब्ध हुनेछ।

यस्तै अफरअन्तर्गत सात सय ८९ रूपैयाँमा फेस्टिभ कम्बो प्याक पनि लिन सकिने छ। प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनसम्म चलाउन सकिने समयावधि तोकिएको सो प्याकेज अन्तर्गत ३० जीबी डेटा, सबै नेटवर्कमा कल गर्न सकिने ६ सय मिनेट अल नेट भोइस सुविधा र दुई सय अल नेट एसएमएसलगायत कम्पनीले असीमित सुविधा ल्याएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पश्चिम नवलपरासीमा चट्याङ लागेर महिलाको मृत्यु

नवलपरासी (बर्दघाट सुस्तापश्चिम) । पश्चिम नवलपरासीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ

कालीकोटका किसानलाई गोठालो भत्ता !

मान्म (कालीकोट) । जिल्लाको नरहरिनाथ गाउँपालिकाले पशुपालन गर्ने किसानलाई गोठालो भत्ता दिने भएको

सुनकोशी मरिन डाइभर्सनको बाँकी काम निर्धारित समयमै सम्पन्न गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँकी काम

मातातीर्थ कुण्डमा आज बिहानैदेखि स्नान गर्नेको घुइँचो

काठमाडौँ । काठमाडौंको चन्द्रागिरि नगरपालिका–६ स्थित मातातीर्थ कुण्डमा आज बिहानैदेखि स्नान गर्नेको घुइँचो