प्रधानसेनापति शर्मा र बेलायती सेनाध्यक्षबीच भेटवार्ता



काठमाडौँ । संयुक्त अधिराज्य बेलायतको भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्मा र बेलायतका सेनाध्यक्ष जनरल सर पट्रिक सन्डर्सबीच लण्डनस्थित सैनिक मुख्यालयमा शिष्टाचार भेटवार्ता भएको छ ।

भेटवार्ताका क्रममा बेलायती सेनाध्यक्षले नेपाली सेनाको पेसागत क्षमता अभिवृद्धिमा बेलायती सेनाको सहयोग निरन्तर रहने बताएका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

द्विपक्षीय सैनिक सम्बन्ध, आपसी सहयोग तथा चासोका बारेमा छलफल भएको उक्त भेटमा सैनिक तालिम महानिर्देशक उपरथी सन्तोषकुमार ढकाल, बेलायतका लागि सैनिक सहचारी सहायक रथी रत्नबहादुर गोदार र नेपालका लागि बेलायती सैनिक सहचारी कर्णेल पौल स्मिथको उपस्थिति रहेको थियो ।

यसैबीच प्रधानसेनापति शर्माले बेलायतको रोयल कलेज अफ डिफेन्स स्टडिजको भ्रमण गरेका थिए । भ्रमणको दौरान उनलाई उक्त कलेजमा उच्च पदाधिकारीले स्वागत गर्नुका साथै कलेजमा सञ्चालन हुने तालिम गतिविधिबारे जानकारी गराइएको थियो ।

सोही अवसरमा प्रधान सेनापति लण्डनस्थित नेपाली राजदूतावासमा उनको सम्मानमा आयोजित रात्रिभोजमा सरिक हुनेछन् । नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले प्रधानसेनापति तथा भ्रमणदलका सदस्यहरूलाई स्वागत गर्दै बेलायत र नेपालबीचको द्विपक्षीय राजनीतिक, आर्थिक, सामाजिक, सैनिक सम्बन्धको विकास र विस्तारमा नेपाली सेनाको भूमिका महत्त्वपूर्ण रहेको बताएका थिए । प्रधानसेनापति शर्मा यही असोज २१ गतेदेखि बेलायतको भ्रमणमा छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लोमान्थाङको नाम्डोक खोलामा पक्की पुल निर्माण

म्याग्दी । गण्डकी प्रदेशको भाग्य रेखा मानिएको राष्ट्रिय गौरवको उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोर,

दश महिनामा दश हजार पर्यटकद्वारा रारा भ्रमण

मुगु । मुगुको रारा ताल घुम्न १० महिनामा दश हजार बढी पर्यटक पुगेका

पशुपतिनाथको भेटी चोर्ने कोषका कर्मचारीसति आठ जना पक्राउ

काठमाडौँ । भगवान पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी गन्ने क्रममा चोरी गर्ने व्यक्ति पक्राउ

आहा ! पर्यटकीय गन्तव्य रारा

मुगुको मुख्य पर्यटकीय गन्तव्य रारा तालमा डुङ्गा शयर गर्दै पर्यटक । तस्बिर: नृपेन्द्रबहादुर