इजरायलमा रहेका विद्यार्थीको आग्रहः हामीलाई जिवितै देख्न चाहनु हुन्छ भने तत्काल उद्दार गरियोस्(भिडियोसहित)



काठमाडौं । गाजाको सीमा क्षेत्रबाट उद्धार गरी इजिप्टको सिमाना नजिकै राखिएका नेपाली विद्यार्थीले तत्काल नेपाल फर्काइदिन अनुरोध गरेका छन् ।

सामाजिक संजालमार्फत उनीहरुले नेपाल सरकारले आफूहरुको उद्धारका लागि कुनै पहल  नगरेको गुनासो गरेका हुन् । उनीहरुले प्रश्न गरेका छन्, ‘हामी अब ? निशब्द, निमुखा, निर्मम कहिलेसम्म ? उत्तर एउटै– हामी गर्दैछौं, हँदैछ, भैराछ ? हामी नागरिक पनि हो कि होइन ?’

उनीहरुले आफूहरुसँगै आएको थाइल्याण्ड र कम्बोडियाका विद्यार्थीलाई उनीहरुको देशले जहाज पठाएर फिर्ता लगेको भन्दै तत्काल आफूहरुको पनि उद्दार गर्न आग्रह गरेका छन् ।

उनीहरुले सरकारलाई प्रश्न गरेका छन्, ‘नेपालले हामी मरेकै चाहेने हो कि ? सरकार छ ? साच्ची छ ? हामीले गरेछ्म भनेर देखाउन लागि छ कि ? मिडिया बाजीको लागि छ ? हाम्रो डर ? बुझ्छ कसैले ? छातीमा हात राखेर भन्देउ, बुझ्छौ ? सरकार भनिदेउ न, हात जोड्छौं ! हामी नेपाल पनि फर्किन्छम् कि, आसमा यतै बिलिन हुन्छौं ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ढोरपाटन जोड्ने सडक स्तरोन्नितका लागि एक अर्ब लाग्ने

म्याग्दी । मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको दरवाङ–ताकम–शिवाङ–ताकम–मुना–जलजला–ढोरपाटन सडक स्तरोन्नतिका लागि एक

४८ दशमलव पाँच मेगावाटको माथिल्लो राहुघाट जलविद्युत आयोजना निर्माण अन्तिम चरणमा

म्याग्दी । म्याग्दी  जिल्लाको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा निर्माणाधीन ४८ दशमलव

सुर्खेत र जुम्ला विमानस्थल विस्तार गर्न ११ अर्ब लाग्ने

काँक्रेविहार । कर्णाली र लुम्बिनी प्रदेशका तीन विमानस्थल विस्तार गर्न स्रोत सुनिश्चितताको माग

बबरमहलपछि थापाथलीमा फुट्यो मेलम्ची खानेपानीको पाइप

काठमाडौं । बबरमहल क्षेत्रमा मेलम्ची खानेपानीको पाइप फुटेको केही समयपछि काठमाडौंको थापाथलीमा पनि