काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इजलरायलमा रहेका विद्यार्थीसँग भर्चुअ कुराकानी गरेका छन् । सोमबार दिउँसो प्रधानमन्त्री प्रचण्डले इजरायलमा रहेका विद्यार्थी विपिन सुवेदीसँग कुराकानी गरेका हुन् ।
कुराकानीका क्रममा प्रधानमन्त्रीले विद्यार्थीलाई नआत्तिन र उद्दारको लागि सरकार लागिपरेको बताएका छन् । प्रधानमन्त्रीले आफूहरु शनिबारदेखि यस काममा लागेको बताएका छन् ।
उता विपिनले भने आफूहरुलाई छिटोभन्दा छिटो उद्दार गरी नेपाल फर्काउन अनुरोध गरेका छन् । यता प्रधानमन्त्रीको सचिवालयले पनि इजरायलमा हमासको आक्रमणपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्यहाँको अवस्था बुझ्न, घाइतेको उपचार, हराएकाको खोजी, घटनामा परि निधन भएकाहरुको शवको पहिचान र नेपाल ल्याउन पहल गरिरहनुभएको जनाएको छ ।
प्रधानमन्त्रीले त्यसको लागि परराष्ट्रमन्त्रीको नेतृत्वमा र्यापिड एक्सन टोली गठन गरेको र त्यो टिमले रातिको समय समेत नभनी काम गरिरहेको सचिवालयले जनाएको छ ।
सचिवालयले भनेको छ, ‘इजरायली पक्षसँग कुरा गरि आज नै युद्ध क्षेत्रका विद्यार्थीहरुलाई सुरक्षित स्थानमा लगिदैछ। हमास समूह लुकिछिपी बसेको आशङ्का गरिएको क्षेत्रमा विद्यार्थी बाहिर निकाल्दा सुरक्षामा खतरा हुने भन्दै इजरायल पक्षले नमानेकोले बङ्करको विद्यार्थीलाई निकाल्न केही ढिलाई भएको हो ।’
हेर्नुस् भिडियो

प्रतिक्रिया