काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवलशमशेर जबराले नेपालगंजमा धार्मिक सद्भाव कायम राख्न अपील गरेका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसद जबराले नेपालगन्ज बजारमा दुई समुदायबीच झडप हुँदा कर्फ्यु लागेको भन्दै कानुन कार्यान्वयन गर्न सरकारसँग अपील गरेका हुन् ।
उनले दुई समुदायबीच सद्भाव भड्किने भ्रामक सन्देश प्रवाह गरिएको भन्दै त्यस्तो गर्नेहरूलाई कारबाही गर्न माग गरेका छन् । दुई समुदाय तथा जातीय द्वन्द्व बढाउने सन्देश फैलाउनेहरूलाई साइबर अपराधमा मुद्दा चलाउन सांसद जबराले माग गरेका छन् ।
शान्तिपूर्ण रूपमा सबैलाई विरोध तथा असन्तुष्टि जाहेर गर्न पाइने तर उग्र हिंसाको बाटो अंगाल्नु ठिक नभएको सांसद जबराको भनाइ थियो ।

प्रतिक्रिया