सम्पर्कमा नरहेका २२ प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन



काठमाडौँ । नेपाल प्रहरीको प्रहरी प्रधान कार्यालयले कार्यालयको सम्पर्कमा नरहेका २२ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ ।

हेडक्वाटरले आज गैरहाजिर प्रहरीहरुको नामावलीसहित एक सार्वजनिक गर्दै सात दिनभित्र कार्यालयमा हाजिर हुन आउन निर्देशन दिएको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए ।

उनले भने, ‘लामो समयदेखि आफूखुसी कार्यालयमा गैरहाजिर भएका र खोजतलास गर्दा पनि नभेटिएकाले आज सूचना प्रकाशित गरी गैरहाजिर हुनाका कारण खुलाई स्पष्टीकरण पेस गर्न एक हप्ताको म्याद दिई सम्पर्कमा आउन भनेका छौँ ।’

प्रहरी प्रधान कार्यालयद्वारा आज प्रकाशित सूचना अनुसार गैरहाजिर भएका प्रहरी कर्मचारीहरुमा प्रहरी सहायक हबल्दारहरु अमित श्रेष्ठ, समीर दाहाल, जनम राई र कमल श्रेष्ठ रहेका छन् ।

साथै प्रहरी जवानहरुमा निवास चौधरी, पूर्णबहादुर वली, हेमन्त कुमाल, प्रेम कुँवर, उमेश लामा, अमर डाँगी, दीपक राई, सुस्मत खड्का, केवोङलिङ आङदेम्बे, जीबहादुर पुन, राजकुमार महत, अनिल परियार, प्रकाश अधिकारी, आशामाया तामाङ, किशोर थारू, मोहनसिंह विक, सुरेन्द्रबहादुर शाही र सन्तोष सुनार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाल्पाको जङ्गलमा डढेलो

पाल्पा ।पाल्पा  जिल्लाको रिब्दीकोट गाउँपालिका– १ ख्याहा मधुवन सामुदायिक वन र वडा नंं

जसपा नेपालले सरकारलाई दिएको समर्थन कायमै राख्ने

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा), नेपालले सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय

लुम्बिनीमा पाँच सय जनाको प्रबज्या कार्यक्रम सुरु

लुम्बिनी । बुद्धजन्मस्थल लुम्बिनीमा पाँच सय जनाको श्रामणेर (अल्पकालीन भिक्षु) प्रबज्या कार्यक्रम आजबाट

श्रममन्त्री भण्डारी र जापानी राजदूतबीच श्रम सम्झौताको कार्यान्वयनका विषयमा छलफल

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीसँग नेपालका लागि जापानी राजदूत