फुटपाथ व्यापार हाम्रो परम्परागत नेवारी व्यापार संस्कृतिको अंश पनि हो


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महानगरबाट गरिब नभई गरिबी हटानुपर्ने बताएका छन् । मंगलबार सामाजिक संजालमार्फत अध्यक्ष ओलीले अभियन्ता ईः सँग वार्ता गरी समस्याको समाधान निकाल्न आग्रह गरेका हुन् ।

उनले अभियन्ता ईःसँग काठमाडौकी उपमेयरले भेटेको भन्ने आफूले सुनेको भन्दै अध्यक्ष ओलीले वार्ताबाट समाधान खोज्नुपर्ने बताएका छन् ।

उनले भनेका छन्, ‘हो, फुटपाथ हिंड्नकै लागि हो । पैदलयात्री सहज रूपमा हिंड्न भनेर नै फुटपाथ बनाइएको हो । यसमा कसैको दुईमत छैन होला, मेरो पनि छैन। कुरा परम्परादेखि फुटपाथमा रोजिरोटीका लागि गुजारा व्यापार गरिरहनु भएका मानिसहरुको व्यवस्थापन कसरी गर्ने भन्ने मात्रै हो । फुटपाथ (सडक) व्यापार हाम्रो परम्परागत नेवारी व्यापार संस्कृतिको अंश पनि हो । असन, इन्द्रचोक, भोटाहिटीतिर ५० औं वर्ष अघिदेखि यस्तो चलेको हामीले देखेका थियौं । पुराना किताब, इतिहास र कथाहरूमा असन, इन्द्रचोकको व्यापारका विषयमा पढ्न पनि पाइन्छ । हो, अहिले परम्परागत रुपमा चल्दै आएको कुरालाइ एक्कासी परिवर्तन गर्न खोज्दा केही खल्बली हुनु स्वभाविक र वैज्ञानिक (Theory of Inertia) पनि हो । उपमेयरले भेट्नु भएको भन्ने सुनें। यो वार्ताबाट समाधान खोज्ने संकेत हुन सक्छ । दुबै युवा हुनुहुन्छ, छलफल गर्नुहोस्, समाधन निकाल्नुहोस् । हामीले महनगरबाट गरिबी लखेट्नु पर्छ, गरिब होइन । समाधानको उपाय के हुन सक्छ, तपाईहरुको विचार पनि राख्नुस् है ! धन्यवाद !’

तस्बिर स्रोत – काठमाडौ एड्भान्चर