अनि सुते राहत शिक्षक सडकमै



काठमाडौं । आन्दोलनरत राहत शिक्षकहरूले सोमबार सडकमा सुतेर विरोध गरेका छन् । आन्दोलनमा राहत शिक्षक, बालविकास शिक्षक, पेन्सन वञ्चितलगायत शिक्षकहरू काठमाडौंको माइतीघरबाट प्रदर्शन गर्दै नयाँबानेश्वर पुगेर सडकमै सुतेर विरोध जनाएका हुन् ।

राज्यले आफूहरूलाई लाशजस्तै बनाएको भन्दै उनीहरूले सांकेतिक रूपमा मुर्दा बनेर विरोध गरेको जनाएका छन् । असोज ५ गते नेपाल शिक्षक महासंघ र सरकारबीच ६ बुँदे सम्झौता भएको थियो । उक्त सम्झौतामा आफूहरूको माग सम्बोधन नगरिएको भन्दै राहत शिक्षकलगायतले आन्दोलनलाई निरन्तरता दिइरहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एनसेल प्रकरणमा जतिसुकै ठूलो मानिस संलग्न भएपनि कारबाहीको दायरामा ल्याउनुपर्छ : महामन्त्री थापा

ओखलढुंगा । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एनसेलको शेयर खरिद बिक्री प्रक्रियामा अर्बौ

काँडेभ्याकुर हेर्न उपरदाङगढीमा पर्यटक

भरतपुर । नेपालमा आठ सय ९४ प्रजातिका चरा पाइन्छन् । तीमध्ये नेपालमा मात्र

आगामी जेठ ३ गतेदेखि महाधिवेशन गर्ने एकीकृत समाजवादीको निर्णय

काठमाडौं । नेकपा एकीकृत समाजवादीले आगामी जेठमा महाधिवेशन गर्ने निर्णय गरेको छ ।

पेट पाल्न विदेश जानुपर्ने अवस्था अन्त्य गरिदिनु भन्दै ओलीलाई ९ वर्षीय बालकको पत्र

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सुर्खेतका नौ वर्षीय बालकले विदेश