सरकारले शिक्षक भएर र शिक्षकले सरकार भएर वार्ताबाट समाधान खोज्नुपर्छः गृहमन्त्री श्रेष्ठ



काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले शिक्षकहरुको प्रदर्शनलाई शान्तिपूर्ण र मर्यादित बनाउन आग्रह गरेका छन् । बिहीबार बिहान गृह मन्त्रालयमा शिक्षक महासंघका पदाधिकारीसँगको वार्तामा गृहमन्त्री श्रेष्ठले प्रदर्शनलाई मर्यादित बनाउन आग्रह गरेका हुन् ।

उनले सरकारले शिक्षक भएर र शिक्षकले सरकार भएर वार्ता, संवाद गरेर निष्कर्ष निकाल्नु पर्ने बताए । उपप्रधानमन्त्री श्रेष्ठ, शिक्षामन्त्री अशोक राई, शिक्षा सचिवसहित शिक्षक महासंघको प्रतिनिधिमण्डल सहभागी थिए । संसदमा दर्ता विद्यालय शिक्षा विधेयकविरुद्ध देशभरका शिक्षकले बुधबारदेखि काठमाडौंमा सडक आन्दोलन सुरु गरेका छन् ।

आज पनि आन्दोलन जारी राख्ने बताएका उनीहरु आन्दोलनकै बीचमा वार्ताका माध्यमबाट आफूहरुको समस्या समाधानमा जुटेका हुन् । यसअगाडि आन्दोलनरत शिक्षकहरु सरकारले बोलाएको वार्ताका गएका थिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भीमदत्त नगर सभापति कलौनीको अन्त्येष्टि

  कञ्चनपुर । नेपाली कांग्रेस कञ्चनपुरका भीमदत्त नगरका सभापति अच्युतराज कलौनीको आइतबार हिन्दू

पदोन्नती भएका ३७ जना प्रहरी उपरीक्षकलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं । बढुवा भएका ३७ प्रहरी उपरीक्षकहरूलाई दर्ज्यानी  चिन्ह दिइएको छ । हालै

सट्टेबाजीमार्फत तीन अर्ब भन्दाबढी करोबारमा संलग्न २४ जना पक्राउ

काठमाडौँ । ‘बेटिङ एप्लिकेसन’मार्फत विश्वभर सञ्चालन हुने विभिन्न अवैध अनलाइन जुवा (सट्टेबाजी) लगायतमा

पार्टीले बहुमत ल्याउने गरी सङ्गठन निर्माणमा लाग्न सभापति देउवाको निर्देशन

  गण्डकी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता तथा कार्यकर्ता एकताबद्ध