विद्यालय बन्द गरी शिक्षकहरूलाई माइतीघरमा हाजिर हुन काठमाडौंका सामुदायिक विद्यालयका प्रअहरूको अनुरोध



काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूले बिहीबारदेखि विद्यालय बन्द गरी शिक्षा विधेयकको विरोधमा आन्दोलनमा उत्रिने घोषणा गरेका छन् ।

बुधबार सामुदायिक विद्यालयका प्रधानाध्यापाकहरुको बैठकले शिक्षा विधेयक खारेजीको माग गर्दै भइरहेको आन्दोलनमा साथ दिने निर्णय गरेको हो ।

बैठकले माइतीघर मण्डलमा नियमित हाजिर हुने गरी सम्पूर्ण शिक्षक कर्मचारीहरू उपस्थित हुन अनुरोध गरेको छ । बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ’संघीय संसद सचिवालय, संसद भवन सिंहदरबार काठमाडौंबाट जारी विद्यालय शिक्षासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० को खारेजीका लागि नेपाल शिक्षक महासंघले काठमाडौं केन्द्रित आन्दोलन गरी देशभरीको विद्यालय अनिश्चित रूपमा बन्द गरी सशक्त आन्दोलनमा जाने सुरू गरेको कार्यक्रमहरूलाई समर्थन छ । अर्को सूचना नआएसम्मका लागि काठमाडौं महानगरपालिकाका सम्पूर्ण सामुदायिक विद्यालयको प्रधानाध्यापकहरूको बैठकले माइतीघर मण्डलमा नियमित हाजिर हुने गरी सम्पूर्ण शिक्षक कर्मचारीहरू उपस्थित हुन अनुरोध गर्दै निर्णय गरेको छ।’

त्यस्तै बैठकले आन्दोलनका क्रममा विद्यार्थीलाई पुग्ने क्षतिलाई परिपूर्ति गर्न बिदाका दिनमा पठनपाठन गर्ने निर्णय गरेको छ । यसअघि काठमाडौंका मेयर बालेन साहले शिक्षा विधेयकप्रति आफ्नो पनि असहमति रहेको तर पठनपाठन बन्द नगर्न आग्रह गरेका थिए ।

उनले पठनपाठन अवरुद्ध गरे कानुन अनुसार कारबाही गर्ने चेतावनी दिएका छन् । शिक्षा विधेयकको विरोधमा बुधबारदेखि देशभरका शिक्षक काठमाडौं आएर आन्दोलन सुरु गरेका छन् । जसका कारण लाखौं विद्यार्थीको पठनपाठन प्रभावित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
काठमाडौंको गोकर्णेश्वरमा एक महिलाको हत्या, नाबालकसहित पाँच जना पक्राउ

काठमाडौं । काठमाडौंको गोकर्णेश्वरमा महिलाको हत्या गरी बोरामा प्याक गरेर शव फालिएको घटनामा

कुलमानको जवाफः घाटामा रहेको संस्थालाई निरन्तर नाफामा लगेको छु, कारबाही गर्नुपर्ने कुनै कारण छैन

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जा मन्त्रालयलाई स्पष्टीकरण बुझाएका

पूर्वराजालाई विमानस्थलमा समर्थहरुको भव्य स्वागत

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं फर्किएका छन् । पोखराबाट चार्टर जहाजमार्फत

गेटा मेडिकल कलेजलाई चाँडै विश्वविद्यालयमा स्तरोन्नति गरिने

कञ्चनपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले कैलालीको गेटा मेडिकल कलेजलाई चाँडै चिकित्सा विश्वविद्यालयका