पठनपाठन बन्द गरी शिक्षकहरु काठमाडौंमा उत्रिए आन्दोलनमा



काठमाडौं । शिक्षा विधेयकको विरोधमा शिक्षकहरू सडक आन्दोलनमा उत्रिएका छन् । विधेयकप्रति असन्तुष्टि जनाउँदै विद्यालय बन्द गरेर शिक्षकहरू सरकारलाई दबाब दिन काठमाडौं आइपुगेका छन् ।

जिल्ला जिल्लाबाट बस रिजर्भ गरेर काठमाडौं आइपुगेका शिक्षकहरू शिक्षक महासंघको नेतृत्वमा माइतीघरमा प्रदर्शनमा उत्रिएका हुन् चार लाख शिक्षक र कर्मचारीको हकहितविपरीत विधेयक आएकाले आन्दोलनमा उत्रिनु परेको महासंघले जनाएको छ ।

उनीहरुले सम्पत्ति विवरण पेस गर्नुपर्ने, जिम्मेवारीपूर्वक अध्यापन कार्य नगरेमा वा कुनै पनि खालका नियम तथा आचारसंहिता भंग गरेमा शिक्षकलाई बढीमा पाँच वर्ष तलब वृद्धि रोक्का गर्नेलगायतका प्रावधानप्रति आपत्ति जनाएका छन् ।

त्यस्तै विद्यालय कर्मचारीको दरबन्दी सिर्जना गरी स्थायी प्रकृयामा लानुपर्ने, निवृत्तिभरण तथा पेन्सनको लागि अस्थायी सेवा अवधिको पनि गणना हुनुपर्ने, प्रधानाध्यापकको नियुक्ति शिक्षक सेवा आयोगबाट हुनुपर्नेलगायतको माग गरेका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वार्तामा बोलाए पनि महासंघले वार्तामा नबस्ने घोषणा गरेको छ । विधेयक संसदमा दर्ता भएकाले शिक्षा मन्त्रालयसँग वार्ता गर्नुको औचित्य नरहेको महासंघले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ओलीको प्रश्नः पूर्वराजालाई लगेर नारायणहिटी छिराउने भन्ने हल्ला चलाइएको छ, कुनै कुर्सीमा लगेर राख्दैमा कोही शासक हुन्छ ?

धनगढी । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान संविधान कुनै व्यक्तिले दिएको नभई जनताबाट

काठमाडौंको गोकर्णेश्वरमा एक महिलाको हत्या, नाबालकसहित पाँच जना पक्राउ

काठमाडौं । काठमाडौंको गोकर्णेश्वरमा महिलाको हत्या गरी बोरामा प्याक गरेर शव फालिएको घटनामा

कुलमानको जवाफः घाटामा रहेको संस्थालाई निरन्तर नाफामा लगेको छु, कारबाही गर्नुपर्ने कुनै कारण छैन

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जा मन्त्रालयलाई स्पष्टीकरण बुझाएका

पूर्वराजालाई विमानस्थलमा समर्थहरुको भव्य स्वागत

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं फर्किएका छन् । पोखराबाट चार्टर जहाजमार्फत