मोटरसाइकलले ठक्कर दिएको बदला लिन खोज्दा चार जनाको हत्या



काठमाडौं । प्रहरीले काठमाडौंको तीनकुने गैह्रीगाउँमा शुक्रवार राति चार जनाको हत्याका अभियुक्तलाई सार्वजनिक गरेको छ । प्रहरीले आइतबार साँझ पत्रकार सम्मेलन गरी हत्याका अभियुक्त सिन्धुपाल्चोक बाह्रबिसेका २३ वर्षीय सञ्जय भण्डारीलाई सार्वजनिक गरेको हो ।

प्रहरीकाअनुसार हत्या आरोपी भण्डारीले विशाल राईसँगको प्रतिशोध स्वरूप हत्या गरेको बयान दिएका छन् । विशालले चलाएको मोटरसाइकलले ठक्कर दिइ भएको विवादमा राईले भण्डारीलाई कुटेका थिए ।

त्यसैको प्रतिशोध लिन भण्डारीले हत्या गरेको प्रहरीले जनाएको छ । काठमाडौंको काँडाघारीस्थित दिदीभिनाजुको घरमा बस्दै आएका भण्डारी शुक्रबार दिउँसैदेखि खुकुरीसहितको झोला बोकेर निस्किएको पनि प्रहरीले जनाएको छ ।

शुरुमा विशाल राईलाई टाउकोमा खुकुरी हानेर हत्या गरेको र त्यसपछि सुभद्रा भुजेलको हत्या गरेको भण्डारीले बताएका छन् । दिव्य सःमिलमा शुक्रवार राति दोलखा काष्ठ मिलमा काम गर्ने ५६ वर्षका कुमार भुजेल, उनकी श्रीमती ५२ वर्षीया अम्बिका भुजेल, कुमारकी आमा ७६ वर्षीया शुभद्रा भुजेल र मोरङ बेलबारी स्थायी घर भएका अन्दाजी २० वर्षका नवीन राईको हत्या भएको थियो ।

भण्डारी जन्मजातै बोल्न सक्दैनन् । प्रहरीले अनुसन्धानका क्रममा सांकेतिक भाषाविज्ञको सहयोगमा सोधपुछ गरेको थियो । त्यसक्रममा उनले आफूले सम्पूर्ण घटना एक्लै गरेको स्वीकार गरेको प्रहरीले बताएको छ ।

घटनापछि खुकुरीसहित भागेका आरोपीलाई प्रहरीले सिसीटिभी फुटेजको सहयोगमा पक्राउ गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दशैं बिदामा पनि प्रेस काउन्सिलले मिडियाको नियमन गर्ने

काठमाडौं । प्रेस काउन्सिल नेपालले दशैंको बिदामा समेत मिडियाको नियमनलाई निरन्तर दिने भएको

देश त मारवाडी समुदायले पो चलाएको रहेछः बालेन साह

काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले देश मारवाडी सेवा समाजले चलाएको टिप्पणी

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई सरकारको १५ बुँदे स्पष्टीकरण

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई १५ बुँदे स्पष्टीकरण