काठमाडौं । संविधानसभाका अध्यक्ष, नेकपा (एमाले)का उपाध्यक्ष एवं सांसद सुवास नेम्वाङको पार्थिव शरीर भोलि दिउँसोसम्म च्यासलमा राखिने भएको छ । मंगलबार बसेको सचिवालय बैठकबाट बुधबार दिउँसोसम्म अन्तिम श्रद्धाञ्जलीका लागि पार्थिव शरीर एमाले मुख्यालयमा राख्ने निर्णय गरिएको पार्टीका सचिव योगेश भट्टराईले जानकारी दिए ।
यस्तै, अबका तीन दिनसम्म सबै एमाले कार्यालयमा पार्टीको झन्डा आधा झुकाउने र आउँदो असोज २ गते श्रद्धाञ्जली सभा गर्ने निर्णय गरिएको उनले बताए । बैठकबाट नेम्वाङप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक प्रस्ताव पारित गरिएको छ ।
सहमतिको निकास निकाल्न सक्ने नेताको अभाव लामो समयसम्म रहने उनले बताए । नेम्वाङको आज बिहान निधन भएको हो । राजकीय सम्मानका साथ नेम्वाङको अन्त्येष्टि गर्ने सरकारले निर्णय गरिसकेको छ ।



प्रतिक्रिया