बेमौसमी तर्क उठाई स्थिर वातावरण खल्बल्याउने कुनै पनि स्वार्थप्रेरित समूहसँग सतर्क रहनुः प्रधानसेनापति शर्मा



 

काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्माले तथ्यरहित एवं पूर्वाग्रही बेमौसमी तर्क उठाई स्थिर वातावरण खल्बल्याउने कुनै पनि स्वार्थप्रेरित समूहको  क्षणिक र दूरगामीविहीन प्रायोजित अभिलाषाप्रति सजग र सतर्क रहन  सेनालाई निर्देशन दिएका छन् ।

प्रधानसेनापतिको जिम्मेवारी सम्हालेको दोस्रो वर्ष पूरा भएको अवसरमा नेपाली सेनाका सकल दर्जालाई सम्बोधन गर्दै उनले भने, “नेपालको एकीकरण अभियानको थालनीदेखि नै सेनाले देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वतन्त्रता, राष्ट्रिय एकता एवं जनभरोसालाई सदैव जोगाइराख्न अग्रणी भूमिका निर्वाह गर्दै आइरहेको छ ।”

सेनाले सामूहिक प्रयासबाट आर्जन गरेको गरिमा र जनविश्वासका लागि सकलदर्जालगायत निजामती कर्मचारी र आश्रित परिवारजनलाई धन्यवाद ज्ञापन गर्दै उनले सैन्य सङ्गठन आजको भोलि तयार गर्न सकिने विषय नभएको बताए ।

प्रधानसेनापति शर्माले भने, “लामो अध्ययन, तयारी, अभ्यास र अनुभवले निखारिँदै सवल र सुदृढ हुँदै जाने सङ्गठित र अनुशासित सङ्गठन नयाँ प्रविधि, सिर्जना हुने नयाँ परिवेश तथा थपिँदै जाने बहुआयामिक चुनौतीअनुसार सदैव चलिरहन्छ ।”

उनले कार्यकालको दोस्रो वर्षका लागि निर्धारण गरिएका लक्ष्य र प्राप्त उपलब्धिको समीक्षाका साथै आगामी कार्यदिशा बारेमा जानकारी गराएका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

कार्यकालको तेस्रो वर्ष थालनीको पूर्वसन्ध्यामा प्रधानसेनापति शर्माले छाउनी तथा सैनिक मञ्च टुँडिखेलमा रहेको वीर स्मारकमा माल्यार्पण गरे । उनले कर्तव्यपालनाको सिलसिलामा घाइते भएका सकलदर्जाको योगदानको उच्च मूल्याङ्कन गर्दै उपचारका क्रममा रहेको सबैको शीघ्र स्वास्थ्यलाभको कामनाका साथै सकलदर्जालाई संस्थागत हितमा केन्द्रित रहन प्रेरणा मिलोस् भनी कामना गरे ।

प्रधान सेनापति शर्माले आजै जङ्गीअड्डामा आयोजित एक कार्यक्रमा उपरथीमा पदोन्नति भएका कुमारबाबु थापा र महासेनानीमा पदोन्नति भएका प्रमुख सेनानी सुदर्शन विष्टलाई दज्र्यानी चिन्ह प्रदान गरे ।

सो अवसरमा उनले सैनिक कल्याणकारी निर्देशनालयको प्रकाशन ‘कल्याणकारी दर्पण’, नेपाली सेनाको व्यवस्थापनमा सञ्चालित काठमाडौँ–तराई–मधेश द्रुतमार्ग सडक आयोजनाको प्रकाशन ‘केटिएफटी जर्नल’को तेस्रो भाग र सेनाको वर्षभरिका प्रमुख गतिविधिको तस्वीर समेटिएको  पुस्तक पनि विमोचन गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
परराष्ट्रमन्त्री र गृहमन्त्रीद्वारा प्रकृति लम्सालका परिवारसँग भेट

भैरहवा । परराष्ट्रमन्त्री आरजु राणा र गृहमन्त्री रमेश लेखकले भारतको उडिसास्थित केआईआईटी कलेजमा

बालेनको आक्रोशः प्रधानमन्त्रीज्यू जति भ्रम फैलाए पनि हामी तपाईंको भ्रष्ट कार्यकर्तासँग झुक्दैनौँ

काठमाडौं । काठमाडौं महानगरपालिकका मेयर बालेन साहले प्रमुख कार्यकारी अधिकृत टिकाउने नाममा भ्रष्टलाई

पार्टीलाई सुदृढ तुल्याउन प्रधानमन्त्री ओलीले खेलेको भूमिका प्रशंसायोग्यः पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रभावकारी कार्यक्षमता र महत्वपूर्ण

प्रधानसेनापतिद्वारा उपरथी जिसीलाई दज्र्यानी चिह्न प्रदान

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेनाको उपरथीमा हालै पदोन्नति भएका कृष्णबहादुर जिसीलाई