स्रोत नखुलेको २० लाख ५० हजार रूपैयाँसहित धनुषामा एक जना पक्राउ



जनकपुरधाम । प्रहरीले धनुषामा स्रोत नखुलेको २० लाख ५० हजार रूपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । भारतको बिहारका २० वर्षीय राजेश साहलाई शुक्रबार दिउँसो प्रहरीले नेपाली रूपैयाँ एक हजार दरको नोट १ हजार ८५० थान र पाँच सय दरको नोट ४ सय थान गरी २० लाख ५० हजार रूपैयाँसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

भारतबाट नेपाली रूपैयाँ ओसारपसार गरी ल्याइरहेको सूचनाका आधारमा जनकपुरधाम उपमहानगरपालिका ४ स्थित सडकबाट उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । बरामद गरिएको रकमसहित उनलाई भन्सार कार्यालय जनकपुरमा पठाइएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दोहोरो नागरिकताको समस्याबारे गम्भीर छलफल आवश्यक छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका लागि आज

गण्डकीमा डेङ्गुबाट सातजनाको मृत्यु

गण्डकी । डेङ्गु सङ्क्रमणबाट गण्डकी प्रदेशमा हालसम्म तीन पुरुष र चार महिला गरी

आयुर्वेदिक चिकित्सक दाहालको ‘हिँड्न बाँकी बाटाहरु’

काठमाडौँ । आयुर्वेद चिकित्सामा रमाउनु र कविता लेख्नु कुन काम तपाईंलाई सजिलो लाग्छ

विभिन्न राजमार्गका पाँच खण्ड पूर्ण अवरुद्ध, आठ सडकखण्डमा एकतर्फी आवागमन

  काठमाडौँ । यही असोज १० देखि १२ गतेसम्मको भारी वर्षाका कारण आएको