काठमाडौं । त्रिभुवन विमानस्थल बाहिरबाट बरामद गरिएको ६० किलो सुन तस्करीमा संलग्नताको आशंकामा प्रहरीले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनसँग बयान लिएको छ ।
नेपाली प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले दीपेशसँग बयान लिएको हो । सुन तस्करी प्रकरणमा पक्राउ परेका चिनियाँ मुलका बेल्जियन नागरिक दावा छिरिङसँगको कनेक्सनका आधारमा सीआईबीले दीपेशसँग सोमबार बयान लिएको हो ।
छिरिङसहित चिनियाँ टोलीलाई लिएर दीपेश गोसाइँकुण्डसम्मको हवाईयात्रामा गएको सार्वजनिक भएको थियो । भेपमार्फत तस्करी भएको ९ किलो सुन प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरालाई भने प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया