द्रुतमार्ग हुन्छ नारायणगढ–मुग्लिन सडकको विकल्प



जनार्दन शर्मा ।
मुलुकको संघीय राजधानी काठमाडौंसँग सम्पूर्ण देश जोड्ने पृथ्वी राजमार्ग र मुग्लिन– नारायणघाट सडक खण्डमा पटक–पटक समस्या आइरहेको छ । यसले दैनिक यात्रा गर्ने देशभरका आमनागरिक र नेपाल घुम्न आउने विदेशी पर्यटकले कठिनाई भोग्नुपरेको छ ।

यात्रामा अतिरिक्त समय लागेको छ, यात्रु हैरानी खेप्न बाध्य छन् । बाढीपहिरोका कारण लाखौं यात्रु अनिश्चित कालसम्म भोकभोकै सडकमै अलपत्र हुनुपरेको छ । बालबच्चा र जेष्ठ नागरिकको यात्रा झनै कठिन छ । नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध भैरहँदा विरामीले समेत अनेक उल्झन भोग्नपरेको अबस्था छ ।

समग्रमा संघीय राजधानी जोड्ने सडकमा उत्पन्न समस्याले देशलाई नै लज्जित बनाएको छ। सडक दुर्घटनामा जीवन गुमाउने नागरिक र अंगभंग भई दुःखद जीवनयापन गर्न वाध्य नागरिकको संख्या झन् डरलाग्दो र भावविह्वल छ। यात्रा सुरक्षित हुँदैन कि भन्ने यात्रु स्वयम् र परिवारजनले चिन्ता गर्नुपर्ने अवस्था छ ।

मानवीय क्षति मात्र नभई यसले अर्थतन्त्रमा परेको प्रभाव अर्को महत्वपूर्ण बिषय हो। समय नै धन हो भन्ने सिद्धान्त परिपालन गर्ने हो भने विकल्प छन् । आधुनिक प्रबिधि प्रयोग गरेर नारायणघाट–काठमाडौंं द्रुतमार्ग निर्माण गरेर एक घण्टामा यात्रा गर्न सकिने अध्ययनले देखाएको छ। यसलाई कालिगण्डकी किनारहुँदै पाल्पाको रामपुरसम्म र त्यँहावाट बुटवल र पोखरातर्फ पनि सुरुङमार्ग निर्माण गरेर लुम्बिनी–नारायणघाट– काठमाडौं दुई घण्टा, लुम्बिनी–पोखरा एक घण्टा र पोखरा–नारायणघाट–काठमाडौंं दुई घण्टामा यात्रा गर्न सकिन्छ ।

रणनीतिक महत्वको यो परियोजना बनाउँदा हालको सडकमा प्रयोग भइरहेको इन्धन, सवारीसाधन र मर्मत लगायतको लागतमा व्यापक कमी गर्न सकिन्छ । समयको वचत हुन्छ । पर्यटनमा बृद्धि आउँछ । उद्योग–व्यवसायको लागतमा कमी आउँछ । यस्तै–यस्तै प्रत्यक्ष–अप्रत्यक्ष लाभवाट लगानीको प्रतिफल प्राप्त हुने देखेर आर्थिक वर्ष २०७९–८० को बजेटमा यो परियोजना वनाउने घोषणा भएको थियो। यो परियोजनाको सम्भाव्यता अध्यन पनि सकिएको छ, जस अनुसार चन्द्रागिरि–चित्लाङ–पालुङ– चितवन द्रुतमार्गको कुल लम्बाई ९६.५० किलोमिटर (सुरुङको कुल लम्बाई २९.८० किलोमिटर, पुलको लम्बाई ९.५३० किलोमिटर), कलभर्टहरूको संख्या ५६ , लेन ४, प्रति लेन चौडाइ ३.५० मिटर, पेभ सोल्डरको चौडाई २.५० मिटर, डिजाइन गति ८०–१२० किलोमिटर प्रति घण्टा, यात्रा गर्न लाग्ने समय ५७ मिनेट रहेको छ । र यो टोल सिस्टमबाट सञ्चालन हुने भएकाले सबै लाभान्वित हुनेछन् । यो परियोजना छिटोभन्दा छिटो सम्पन्न गर्न सकिने विधि अवलम्बन गरेर निर्माण गर्न सरकारसहित सरोकारवालापक्षको ध्यानाकर्षण गराउँदछु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ऐतिहासिक महत्वको पर्सागढी स्थानीयको अतिक्रमणमा

वीरगञ्ज । तत्कालीन ब्रिटिस इष्ट इन्डिया कम्पनीको फौजलाई गोर्खाली सेनाले हराएको ऐतिहासिक पर्सागढी

बेनी–रणवाङ–दरवाङ सडक स्तरोन्नति हुँदै

म्याग्दी । बेनी-दरबाङ सडक आयोजनाको तेस्रो (रणवाङ-दरवाङ) खण्ड कालोपत्र गर्न धमाधम स्तरोन्नति भइरहेको

फेवातालमा सुरु भयो ‘ड्रागन बोट रेस फेस्टिभल’(फोटोफिचर)

कास्की । नेपाल र छिमेकीमूलुक चीनबीचको सांस्कृतिक तथा जनस्तरसम्मको सम्बन्ध सुमधुर बनाउँदै नेपालको

वैकल्पिक र सुसंस्कृत राजनीतिको बिउ त कतै न कतै बाँचेकै होला !

नारायण गाउँले । यो नारा सम्झिनुहुन्छ ? यो दल सम्झिनुहुन्छ ? काठमाडौंमा रञ्जु