काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय समितिको सभापतिमा उम्मेदवारी दिने भएको छ । रास्वपाको शुक्रबार बसेको संसदीय दलको बैठकले संसदीय सभापतिको उम्मेदवारी दिने निर्णय गरेको हो ।
प्रमुख सचेतक सन्तोष परियारले जुन जुन समितिमा उम्मेदवारी दिन सदस्य संख्या पुग्छ त्यो समितिमा उम्मेदवारी दिने निर्णय भएको जानकारी दिए । सत्तारुढ र प्रमुख प्रतिपक्षी एमालेबीच समितिमा भागवण्डा भएपछि संसदको चौथो शक्ति रास्वपा रुष्ट बनेको थियो । संसदीय समितिको चुनाव भदौ ११ गते हुँदैछ ।

प्रतिक्रिया