अमेरिकी सिनेटर होलान र राजदूत खत्रीबीच भेटवार्ता



वासिङ्गटन डिसी । अमेरिकी उपल्लो सदनका सिनेटर क्रिसभ्यान होलानसँग अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्रीले क्यापिटल हिलमा भेट गरेका छन् ।

भेटमा होलान र राजदूत खत्रीबीचको भेटघाटमा नेपाल–अमेरिका सम्बन्धको बहुआयामिक पक्ष, प्रजातान्त्रिक स्थिरता र नेपालको आर्थिक विकासमा अमेरिकाको आर्थिक सहायतालगायत पक्षमा छलफल भएको थियो ।

होलान नेपाली समुदायका बीच परिचित सिनेटर हुनु् । उनले अमेरिकामा रहेका नेपालीलाई टेम्पोरेरी प्रोटेक्टेड स्टाटस (टिपीएस) मार्फत स्थायी बसोबासका लागि समेत बिल तयार पारेका थिए । मेरिल्याण्डबाट अमेरिकाको सिनेटमा प्रतिनिधित्व गर्ने होलान डेमोक्रयाट पार्टीका प्रभावशाली सिनेटर हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अब अस्पतालहरुले चिकित्सकमाथि कुटपिट गरे हुने सजायकाबारेमा सबैले देख्नेगरी सूचना राख्नुपर्ने

काठमाडौं । अस्पतालमा स्वास्थ्यकर्मी कुट्नेमाथि हुने दण्ड सजायका बारेमा सबै नागरिकले देख्नेगरी सूचना

सम्पर्कमा नरहेका २२ प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन

काठमाडौँ । नेपाल प्रहरीको प्रहरी प्रधान कार्यालयले कार्यालयको सम्पर्कमा नरहेका २२ जना प्रहरीलाई

मेलम्चीको पानी उपत्यकामा पुनः वितरणबारे अझै अन्योल

सञ्चिता घिमिरे, काठमाडौँ । काठमाडौँ उपत्यकाको खानेपानीको समस्या समाधानको उपायका रुपमा हेरिएको मेलम्चीको

पुष्पा र अञ्जलीलाई कोशी टप्पु वन्यजन्तु आरक्षमा स्थानान्तरण

सुनसरी । चितवन राष्ट्रिय निकुञ्जबाट पुष्पा र अञ्जलीलाई कोशी टप्पु वन्यजन्तु आरक्षमा स्थानान्तरण