काठमाडौं प्रहरी प्रमुख कार्की र अपराध अनुसन्धान कार्यालयका प्रमुख केसीको सरुवा



काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा संलग्न दुई प्रहरी अधिकृतको सरुवा भएको छ । काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी दानबहादुर कार्की र उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी मनोज केसीको सरुवा भएको हो ।

उनीहरुले नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपितलाई पक्राउ गरी अनुसन्धानको नेतृत्व गरेका थिए । कार्कीको स्थानमा एसएसपी भूपेन्द्र खत्रीलाई ल्याइएको छ भने अपराध अनुसन्धानमा एसएसपी सामेन्द्रसिंह राठौर आएका छन् ।

यसअघि सरकारले शरणार्थी प्रकरणमा दोस्रो चरणको अनुसन्धान अघि बढाउन निर्देशन दिने उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका एआईजी श्याम ज्ञवालीलाई पनि सरुवा गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रेडपाण्डा संरक्षणका लागि जैविकमार्ग बनाइने

मङ्गलबारे (इलाम) ।इलाममा लोपोन्मुख रेडपाण्डा संरक्षणका लागि पहल सुरु गरिएको छ । जिल्लाको

आज अन्तर्राष्ट्रिय निःशस्त्रीकरण र अप्रसार जागरुकता दिवस

काठमाडौं । हातहतियारको होडबाजी र निःशस्त्रीकरणलाई सधैंका निम्ति अन्त्य गर्ने सन्देश प्रवाहका साथ

श्रमदानबाटै सिँचाइ योजना मर्मत

म्याग्दी (बेनी)। म्याग्दीको बेनी नगरपालिका–४ थामडाँडाका स्थानीयले श्रमदानबाटै सिँचाइ योजना मर्मत गरेका छन्

प्रतिनिधिसभाको बैठक बस्दै, आजको बैठकमा पाँच अध्यादेश स्वीकृतिका लागि निर्णयार्थ पेस गर्ने कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । आज दिउँसो १ बजे बस्ने बैठकमा