२० जना उपसचिव र १८ जना शाखा अधिकृतको सरुवा


काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २० जना उपसचिव र १८ जना शाखा अधिकृतको सरुवा गरेको छ । सरुवा भएका २० उपसचिवमध्ये १९ जनालाई स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतमा खटाइएको छ ।

उता ती स्थानीय तहमा निमित्तको भूमिकामा रहेका अधिकृतहरूलाई मन्त्रालयमा सरुवा गरिएको छ । यो सरुवाले मधेश प्रदेशका सबै स्थानीय तहका दरबन्दीमा प्रशासकीय अधिकृतहरु पुगेको मन्त्रालयले जनाएको छ।