शिक्षा विधेयकको विरोधमा निजी विद्यालय संचालकहरुद्वारा विद्यालय बन्दको घोषणा



काठमाडौँ । निजी विद्यालय सञ्चालकहरूले प्रस्तावित विद्यालय शिक्षा ऐन २०८० को विधेयकप्रति असहमति जनाउँदै आन्दोलनको घोषणा गरेका छन् ।

मंगलबार प्यावसन, एनप्याब्सन र हिसानले संयुक्त रूपमा पत्रकार सम्मेलन गरी आन्दोलन घोषणा गरेका हुन्। आन्दोलनका कार्यक्रम अन्तरगत उनीहरुले साउन २८ गतेदेखि अनिश्चितकालीन विद्यालय बन्दको घोषणा गरेका छन् ।

प्याब्सनका अध्यक्ष डिके ढुङ्गानाले विद्यालय बन्दको घोषणा अघि नै सरकारले लिखित प्रतिबद्धता जनाउनुपर्ने बताए । विधेयकको मस्यौदामा निजी विद्यालय ५ वर्षभित्रमा शैक्षिक गुठीको रूपमा जानुपर्ने व्यवस्था गरेको छ। निजी विद्यालय सञ्चालकहरूले उक्त विषयमा गम्भीर आपत्ति जनाउदै आएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
खोकनाका ‘खा’, ‘गा’, ‘फङा’ र ‘कमल’ गरी चारवटा पोखरी संरक्षणको पर्खाइमा

ललितपुर । ललितपुर महानगरपालिका–२१ खोकनामा ‘खा’, ‘गा’, ‘फङा’ र ‘कमल’ गरी चारवटा पोखरी

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान

झापा । जल तथा मौसम विज्ञान विभागले झापाको दुई ठूला नदी बिरिङ र

चेपाङ बस्तीमा प्राधिकरणले जब निःशुल्क मिटर बाँड्यो…

काठमाडौं । अति सिमान्तकृत चेपाङ समुदायको वाहुल्यता रहेको धादिङ र चितवनका विकट बस्तीहरुमा

बाघखोरलाई घरबास गाउँ घोषणा

त्रिवेणी । नवलपरासी (बर्दघाघाट पूर्व) नवलपुरको कावासोती–१५, बाघखोरलाई घरबास गाउँ घोषणा गरिएको छ