पूर्वराजा ज्ञानेन्द्रको जन्मोत्सवमा दीप प्रज्वलन गर्न राजावादीहरूको आग्रह


काठमाडौँ । राजावादीहरूले पूर्वराजा ज्ञानेन्द शाहको ७७ औं जन्मोत्सवमा देशव्यापी रूपमा दीप प्रज्वलन गर्न आह्वान गरेका छन् । उनीहरूले राजा र देशको सुख, शान्ति, सुस्वास्थ्य, समृद्धिको कामना गर्दै पूजापाठ, दीपावली र विभिन्नको सप्ताहव्यापी कार्यक्रम आयोजना पनि गरेका छन् ।

नागरिक मूल आयोजक समिति २०८० ले  पत्रकार सम्मेलन गर्दै कार्यक्रमबारे जानकारी गराएको हो । समितिले आगामी असार २३ गते साँझ ७ बजेर ७ मिनेटमा ७७ वटै जिल्ला सदरमुकामहरू, पालिका, गाउँ, घर, टोल–टोल र घरमा दीप प्रज्वलन गर्न आग्रह गरेको छ । काठमाडौँमा निर्मल निवासको गेट अगाडि विशेष कार्यक्रम रहने पनि बताइएको छ ।