मेयर साहको निर्देशनः काठमाडौंका निजी विद्यालयका शिक्षकलाई पनि सरकारी सरह तलब दिनु



काठमाडौं । काठमाडौं महानगरपालिकाले निजी विद्यालयका शिक्षकलाई सरकारले तोके अनुसारको तलब नपाए महानगरको शिक्षा विभागमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

बिहीबार महानगरपालिकाका मेयर बालेन साहले निजी विद्यालयमा शिक्षकको तलब सामुदायिक विद्यालयको भन्दा न्यून भएको गुनासो आउने गरेको भन्दै तलब नपाए महानगरमा सम्पर्क गर्न अनुरोध गरेका हुन् । उनले भनेका छन्, ‘काठमाडौं महानगरपालिकामा संस्थागत ( निजी) विद्यालयको शिक्षकहरूको तलब सामुदायिक विद्यालयको भन्दा न्यून भएको गुनासो आउने गरेको छ। तर ‘शिक्षा ऐन, २०२८’ को दफा १२(७)(छ) मा संस्थागत विद्यालयको शिक्षकलाई पनि नेपाल सरकारले तोकिदिएको तलब स्केल नघटाई तलब दिनुपर्ने भनी उल्लेख गरिएको छ। यस्तै काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ६८ मा शिक्षक तथा कर्मचारीको तलब भत्ता, निवृत्तिभरण, उपदान लगायतका अन्य सुविधा खाइपाइ आएकोमा नघट्ने गरी संघीय शिक्षा कानूनमा तोकिए बमोजिम हुने उल्लेख गरिएको छ।’

उनले निम्न अनुसारको तलब सुविधा प्राप्त नभएमा काठमाडौँ महानगरपालिका शिक्षा विभागमा सम्पर्क गर्न अनुरोध गरेका छन् ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भोजपुरको टक्सारस्थित सरस्वती गुफा ओझेलमा

  भोजपुर । श्रीपञ्चमीका दिन मुलुकभरका सरस्वती मन्दिरमा भीड बढिरहँदा सदरमुकाम नजिकै रहेको

चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरबाट दुई पोथी गैँडा पूर्वी सेक्टरमा स्थानान्तरण

चितवन । चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरबाट दुई पोथी गैँडालाई पूर्वी सेक्टरमा स्थानान्तरण

झापामा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

  झापा । पूर्व–पश्चिम राजमार्गको कनकाई नगरपालिका–१ जुके कल्भर्टमा सोमबार बिहान सवारी दुर्घटनामा

काठमाडौँका विभिन्न स्थानमा आठ दिनसम्म विद्युत् अवरुद्ध हुने

काठमाडौँ। आज काठमाडौँका विभिन्न स्थानमा विद्युत् लाइन अवरुद्ध हुने भएको छ । नेपाल