शिव शिखर सहकारीका पूर्वअध्यक्ष पक्राउ, १४ अर्ब रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोप



काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका पूर्वअध्यक्ष  केदारनाथ शर्मा पक्राउ परेका छन् । १४ अर्ब रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)को टोलीले उनलाई भारतबाट पक्राउ गरेको हो । रकम फिर्ता नपाएपछि बचतकर्ताहरूले सीआईबी र सहकारी विभागमा शर्माविरुद्ध उजुरी दिएका थिए ।

उनलाई सोमबार राति नै नेपाल ल्याइएको बताइएको छ । २०७७ सालमा शिव शिखर कृषि सहकारी र शिखर दीप बहुउद्देश्यीय सहकारी गाभेर शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था बनाइएको हो । सर्वसाधारणले जम्मा गरेका १४ अर्बभन्दा बढी रुपैयाँ हिनामिना भएको पीडितहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लुम्बिनीको संरक्षण र विकासका लागि १२ बुँदे योजना प्रस्ताव

  लुम्बिनी (मर्चवार) । लुम्बिनी विकास कोष र लुम्बिनी बचाउ महाअभियानको संयुक्त अध्ययन

सार्वजनिक पद धारणा गरेका ६ हजार सात सय पाँच जनाले बुझाएनन् सम्पत्ति विवरण

काठमाडौँ । सार्वजनिक पद धारणा गरेका ६ हजार सात सय पाँच जनाले गत

वित्तीय स्रोतसमेत घटेपछि प्रदेश र स्थानीय तह घाटामा

काठमाडौँ । विश्व बैङ्कले नेपालमा वित्तीय सङ्घीयता कार्यान्वयनको गति मध्यम रहेको निष्कर्षसहितको प्रतिवेदन

जसपाबाट प्रदीप यादव स्वास्थ्य र हसिना खान राज्यमन्त्री नियुक्त

काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी सरकारबाट बाहिरिएपछि अशोक राई नेतृत्वको