काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले माइतीघर मण्डलामा धर्नामा बसेकालाई नागरिकता उपलब्ध गराउन आग्रह गरेको छ । आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले विज्ञप्ति जारी गरी माइतीघर मण्डलामा बसेकालाई नागरिकता अधिकारबाट वञ्चित नगर्न आग्रह गरेका हुन् ।
आयोगको स्थलगत अनुगमनबाट धर्नामा बसेका व्यक्ति जन्मसिद्ध नागरिक भएको पाइएकाले नागरिकता उपलब्ध गराउन आग्रह गरिएको छ । आयोगले व्यक्तिको सम्मानपूर्वक बाँच्न पाउने अधिकारका सबै पक्षसँग जोडिएको नागरिकता प्राप्त गर्ने एवं व्यक्तिको पहिचानको विषयलाई संवेदनशील रुपमा लिई नागरिकता प्राप्त गर्ने अधिकारको सम्मान, संरक्षण र सुनिश्चित गर्न सरकारको ध्यानाकर्षणसमेत गराएको उनले बताएका छन् ।
नागरिकता प्राप्तिको विषय उठान गरी धर्ना बस्ने क्रममा २५ वर्षीय निरज कामतले यही जेठ ३० गते आफ्नै शरीरमा पेट्रोल खन्याई आत्मदाह गर्ने प्रयास गरेका थिए ।

प्रतिक्रिया