डा. उपेन्द्र देवकोटाको अर्धकदको प्रतिमा अनावरण



काठमाडौं । वरिष्ठ स्नायु शल्यचिकित्सक प्रा डा उपेन्द्र देवकोटाको अर्धकदको प्रतिमा अनावरण गरिएको छ । विसं २०१० पुस ४ मा गोरखाको पण्डित गाउँ लिगलिगमा जन्मिएका प्रा डा देवेकोटाको पित्तनलीको क्यान्सरबाट विसं २०७५ असार ४ गते निधन भएको थियो ।

चौतीस वर्षका अवधिमा उनले २५ हजारभन्दा बढी शल्यक्रिया तथा १० लाखभन्दा बढी बिरामीको स्वास्थ्य परीक्षण गरेका थिए ।

पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका प्रा डा देवकोटाले वीर अस्पतालमा न्यूरो सर्जरी विभाग तथा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान स्थापना गरेका थिए ।
बाँसबारीस्थित उपेन्द्र देवकोटा मेमोरियल न्यूरो अस्पताल परिसरमा राखिएको प्रतिमाको प्रा डा दिनेशनाथ गङ्गोल र पूर्वमन्त्री वाचस्पति देवकोटाले संयुक्तरूपमा अनावरण गरे ।

नेपालमा आधुनिक स्नायु शल्यचिकित्सक विधालाई सुरुवात गराउने प्रा डा देवकोटाको स्मृतिमा स्थापित उपेन्द्र देवकोटा फाउन्डेसनद्वारा आयोजित कार्यक्रममा फाउन्डेसनका अध्यक्ष प्रा डा मधु दीक्षित देवकोटाले नेपालमा स्नायु शल्यचिकित्सा विधाको विकास र विस्तारमा प्रा डा उपेन्द्र देवकोटाको भूमिका अतुलनीय रहेको बताइन् ।

उनले उपेन्द्रको योगदान चीरस्थायी बनाउन फाउन्डेसनले सामाजिक काम गरिराखेको जानकारी दिइन् । स्नायु विज्ञानको उन्नयन एवं विकास तथा प्रा डा उपेन्द्र देवकोटाको योगदानलाई चीरकालसम्म परिचित गराउन गैरनाफा मूलक संस्थाको रुपमा विसं २०७९ फागुन १८ गते फाउण्डेशन स्थापना भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालको डिजिटल प्रणाली विस्तारमा सहयोग गर्न स्टोनिया इच्छुक

काठमाडौँ । उत्तरपश्चिमी युरोपेली मुलुक इस्टोनियाले नेपालको डिजिटल प्रणाली र साइबर सुरक्षामा सहयोग

पाथीभरा केबलकारको स्टेसनमाथिको निर्माण कार्य स्थगन गर्ने सहमति

काठमाडौं । ताप्लेजुङको पाथीभरा(मुक्कुम्लुङ) मा केबलकार निर्माणको विरोधमा अन्दोलनरत पक्ष र सरकारबीच ६

बिरामीलाई औषधि छैन, उपकरण बिग्रियो भन्नेलाई अब कारबाही हुन्छः स्वास्थ्यमन्त्री पौडेल

  भक्तपुर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले कुनै पनि सरकारी अस्पतालका फार्मेसीले

गैँडा स्थानान्तरणको काम सकियो

चितवन ।  चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरबाट चार वटा गैँडा स्थानान्तरणसँगै यस वर्षका