हरिकृष्णको सुनुवाइ बिहीबार हुने


कठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई सुनुवाइका लागि बिहीबार बोलाएको छ । समितिको बुधबार बसेको बैठकले कार्कीलाई सुनुवाइका लागि बिहीबार बोलाउने निर्णय गरेको हो । कार्कीलाई बिहीबार बिहान ८ बजे समितिमा बोलाइएको समिति सभापति ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

समितिले बुधबार केही उजुरीकर्तासँग छलफल गरेको थियो । समितिले अनुमोदन गरे उनी प्रधानन्यायाधीश नियुक्तिका लागि योग्य हुने छन् । समितिको अनुमोदनसँगै उनलाई राष्ट्रपतिले नियुक्त गर्नेछन् ।

गत वैशाख २५ गते बसेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा कार्कीको नाम सिफारिस गरेको थियो । कार्की हाल कामु प्रधानन्यायाधीश छन् ।