काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा मिनेन्द्र रिजालले अध्यापन पेशामा फर्किएका छन् । उनले राजधानीको एपेक्स कलेजमा अध्यापन सुरु गरेका हुन् ।
उनले कलेजमा नियमित रूपमा आइतबार बिहान ८ देखि १० बजेसम्म पठाउने बताए । उनले सामाजिक संजालमा लेखेका छन्,’सुखद अनुभव, १९ वर्षपछि नियमित रूपमा पढाउन थालेँ। अब हरेक आइतबार बिहान ८–१० बजे एपेक्स कलेजमा पढाउने छु।’

प्रतिक्रिया