गृहका लागि  एक खर्ब ९४ अर्ब र रक्षा मन्त्रालयका लागि  ५८ अर्ब ८४ करोड बजेट विनियोजन



 

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोड बराबरको बजेट बिनियोजन गरेको छ ।

कुल विनियोजनमध्ये चालुतर्फ  ११ खर्ब ४१ अर्ब ७८ करोड (६५ दशमलव २० प्रतिशत), पुँजीगततर्फ  तीन खर्ब दुई अर्ब सात करोड (१७ दशमलव २५ प्रतिशत) रहेको छ भने वित्तीय व्यवस्थातर्फ  तीन खर्ब सात अर्ब ४५ करोड (१७ दशमलव ५५ प्रतिशत) छ ।

यो खर्च अनुमान चालु आर्थिक वर्षको विनियोजनको तुलनामा दुई दशमलव ३७ प्रतिशतले कम र संशोधित अनुमानको तुलनामा १६ दशमलव ३७ प्रतिशतले बढी हो ।

आगामी आर्थिक वर्षमा सबैभन्दा बढी गृह मन्त्रालयका लागि  एक खर्ब ९४ अर्ब, १६ करोड ५३ लाख बराबरको बजेट विनियोजन भएको छ  । सबैभन्दा कम कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका लागि ७७ करोड ५६ लाख विनियोजन भएको छ ।

अर्थ मन्त्रालयका लागि  ४७ अर्ब २७ करोड ६५ लाख, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका लागि  ९ अर्ब ४५ करोड ९६ लाख, उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका लागि ८७ अर्ब ४५ करोड चार लाख बजेट विनियोजन भएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि  ५८ अर्ब ९८ करोड २१ लाख, खानेपानी मन्त्रालयका लागि  २८ अर्ब १५ करोड ५६ लाख, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका लागि  ११ अर्ब ९६ करोड २६ लाख, परराष्ट्र मन्त्रालयका लागि  छ अर्ब दुई करोड ५७ लाख बजेट विनियोजन गरिएको छ ।

वन तथा वातावरण मन्त्रालयका लागि १५ अर्ब ५५ करोड ८७ लाख, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका लागि सात अर्ब २४ करोड ६६ लाख, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि  एक खर्ब ३४ अर्ब ३९ करोड ९६ लाख, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका लागि  रु एक अर्ब ५७ करोड ६२ लाख, युवा तथा खेलकूद मन्त्रालयका लागि  दुई अर्ब ८७ करोड ५९ लाख बजेट विनियोजन गरिएको छ ।

त्यस्तै रक्षा मन्त्रालयका लागि  ५८ अर्ब ८४ करोड ४६ लाख, शहरी विकास मन्त्रालयका लागि  ६६ अर्ब १७ करोड ५५ लाख, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि  एक खर्ब ९७ अर्ब २९ करोड ५५ लाख, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका लागि  आठ अर्ब ७१ करोड ६७ लाख, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका लागि नौ अर्ब ९६ करोड ६२ लाख, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि  ८३ अर्ब ९९ करोड १८ लाख, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि  आठ अर्ब आठ करोड २७ लाख बजेट विनियोजन गरिएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ठेकेदारको लापरबाहीले रामेछापको कोलन्जोर घाटको पुल अलपत्र

मन्थली । रामेछापको कोलन्जोर घाटमा निर्माणाधीन पक्की पुलको काम सम्पन्न भएको छैन ।

‘हिजो अर्काको मेलापर्म गर्ने ढकाल आज सफल व्यवसायी’

–सागर गिरी, तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका–१ का दामोदर ढकालले विसं २०६४ देखि

राष्ट्र किन आज ‘ग्रे जोन’मा पुग्यो, जाँच गर्न तत्काल स्वतन्त्र आयोग गठन गर्नुपर्छ

-डा. युवराज संग्रौला नेपालको रास्ट्रभाषा नेपाली अहिले घृणा व्यक्त गर्ने अस्लिल, हिंसात्मक उत्तेजना

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको